यात्रुसँग बढी भाडा लिने ५८ सवारीद्वारा रकम फिर्ता

यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ५८ सवारी साधनले रकम फिर्ता गरेका छन् ।

सम्बन्धित सामग्री

ट्राफिक प्रहरी कार्यालय रामनगरद्वारा करीब २५ करोड राजस्व संकलन

साउन २, चितवन । वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले गत आर्थिक वर्षमा रू. २४ करोड ७४ लाख ४१ हजार ५०० राजस्व संकलन गरेको छ । कार्यालयले दुई लाख ५८ हजार ९७२ सवारीलाई जरिवाना गराई राजस्व संकलन गरेको हो ।  कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराम कोइरालाका अनुसार अघिल्लो आर्थिक वर्षमा भन्दा गत आार्थिक वर्षमा १२५ दशमलव ३४ प्रतिशतले राजस्व वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा एक लाख ५१ हजार १२१ सवारी कारबाहीबाट रू. १० करोड ९८ लाख ६ हजार ५०० राजस्व संकलन भएको थियो । आर्थिक पारदर्शीता कायम गर्ने र प्रहरी कर्मचारीमा आन्तरिक शुद्धीकरण ल्याएका कारण राजस्वमा वृद्धि भएको कोइरालाको भनाइ छ । गत आर्थिक वर्षमा सो कार्यालय मातहतका प्रहरीले घुस रकम फिर्ता गरेर मात्रै रू. २० लाख ३५ हजार ५०० राजस्व संकलन भएको छ ।  उनका अनुसार आर्थिक प्रलोभनबापत रू. तीन लाख ५६ हजार ८०० रकम फिर्ता गरी उनीहरूलाई जरिवाना गरेर पूर्ण राजस्व असुल गरिएको थियो । सो क्रममा एक हजार ९३८ सवारी साधनका चालक सहचालकले गल्ती ढाकछोप गर्न रकम दिएका थिए । कार्यालयले बढी भाडा लिने ६२ ओटा सवारी साधनबाट ५६२ जनासँग लिएको रू. पाँच लाख ८५ हजार १०० फिर्ता गराई रू. दुई लाख ८७ हजार जरिवाना गराएको छ । लामो दूरीका यात्रुवाहक सवारीसाधनमा दुई जना चालक नराखेका १६२ ओटा सवारीबाट रू. एक लाख ५४ हजार ५००, प्रयोजन विपरीत सञ्चालन भएका १६ हजार ३९५ सवारीबाट रू. एक करोड ७५ लाख ६ हजार, मादक पदार्थ सेवन गरी सवारी चलाएका एक हजार ४३७ सवारीका चालकबाट रू. १४ लाख ४७ हजार जरिवाना संकलन गरेको कार्यालयले जानकारी दिएको छ । यसैगरी सिट क्षमताभन्दा बढी यात्रु बोक्ने १३ हजार ३३९ सवारीबाट रू. एक करोड २५ लाख २१ हजार, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउने २५ हजार ५३० सवारीबाट रू. दुई करोड ६५ लाख ३९ हजार, हेल्मेट एवम् सिटबेल्ट नलगाई सवारी चलाउने १२ हजार ७३८ सवारीबाट रू. ८७ लाख ६८ हजार, ओभरलोड बोकेका ६७ हजार २९६ सवारीबाट रू. सात करोड २० लाख ६१ हजार, तीव्र गतिमा चलाउने पाँच हजार ९१६ ओटा सवारीबाट ५४ लाख ४६ हजार ५०० जरिवाना संकलन गरिएको कोइरालाले जानकारी दिए । गत आर्थिक वर्षमा भएका एक हजार ५१२ सवारी दूर्घटनामा परी जना ३३५ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते एक हजार २४ र सामान्य एक हजार ८१६ रहेका छन् । अघिल्लो आर्थिक वर्षमा भएका ७९३ दूर्घटनामा ४०४ जनाको मृत्यु भएको थियो भने ७७६ जना गम्भीर घाइते र उक हजार १४२ जना सामान्य घाइते भएका थिए । धेरै दूर्घटना हुने नारायणगढ–मुग्लिन सडक खण्डमा सडक विस्तार गरेसँगै मानवीय क्षतिमा ४० प्रतिशतले कमी आएको कार्यालयले जानकारी दिएको छ । रासस

काठमाडौं फर्किने सार्वजनिक यातायातको चेकजाँचमा कडाइ, बढी भाडा लिनेबाट रकम फिर्ता

राजविराज : दशैँ मनाएर राजधानी काठमाडौंतर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि सप्तरीका सडकमा चेकजाँचमा कडाइ गरिएको छ। इलाका प्रहरी कार्यालय कडरबोना र अस्थायी ट्राफिक प्रहरी पोष्ट कदमाहाको संयुक्त टोलीले पूर्वका विभिन्न स्थानबाट आउने सवारी साधनलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गा नगरपालिका–६ कडरबोनामा रोकेर यात्रुसँग भाडा के कति

तोकिएभन्दा बढी भाडा लिने सवारी साधानबाट रकम फिर्ता

उदयपुर : दशैंको मौका छोपी यात्रुसँग बढी भाडा असुल्ने सवारी साधनबाट तोकिएको भन्दा बढी रकम फिर्ता गरेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले सावरी साधनमा छड्ने चेक जाँच गरी बढी भाडा लिने सवारी साधनबाट बढी भाडा फिर्ता गराएको हो। जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रमुख सई अमृत कार्कीका अनुसार मंगलबार आधा दर्जन सवारी...