वीरगञ्जमा महङ्गो भाडा असुल गर्ने सवारीलाई कारबाही

वीरगञ्ज, ७ कात्तिक: चाडपर्वको मैका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ती सवारीलाई कारबाही तथा ५० यात्रुबाट लिइएका बढी भाडा फिर्ता गराइएको कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी […]

सम्बन्धित सामग्री

बढी भाडा लिने १९ वटा माइक्रो बसलाई कारबाही

चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १९ सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही गरेको छ ।

महङ्गो भाडा असुल गर्ने सवारीलाई कारबाही, यात्रुको पैसा फिर्ता गराइयो

चाडपर्वको माैका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही गरेको  छ ।

राजस्व नतिर्ने केबल र इन्टरनेट प्रदायकको सेवा विस्तारमा रोक

भदौ ४, भरतपुर । नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् खम्बा प्रयोगवापत राजस्व संकलन गर्न थालेको छ ।  राजस्व नतिर्ने केबल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाको सेवा विस्तारमा रोक लगाइएकाले बिहीवार मात्र रू. ३२ लाखभन्दा बढी संकलन भएको जानकारी दिइएको छ । विसं २०७३ मा खम्बा प्रयोग गरेवापत राजस्व लिने कार्यविधि बनाइए पनि चितवनमा ती सेवा प्रदायक कम्पनीले सेवा विस्तार गर्दा भुक्तानी दिन आनाकानी गर्दै आएका थिए ।  केन्द्र प्रमुख राजीवकुमार सिंहका अनुसार बिहीवार चित्रवन केबल नेटवर्कबाट रू. ३० लाख ५५ हजार ६८ र कनेक्ट नेपाल नेटवर्कबाट रू. एक लाख ७७ हजार ९६५ असुल गरिएको छ । सेवा विस्तारमा रोक लगाइएपछि अन्य कम्पनीले पनि तिर्ने सहमति जनाएको उनले बताए । ‘उनीहरुले जनतासँग अग्रिम शुल्क असुल गरिरहेका छन् तर विद्युत् पोल प्रयोगवापत राज्यलाई राजस्व तिर्न आनाकानी गरिरहेका छन्’, केन्द्रका इञ्जिनीयर शिशिर लम्सालले भने, ‘इन्टरनेट सेवा वा अन्य सञ्चारसम्बन्धी सेवा प्रदान गर्ने कम्पनीले पोल प्रयोग गरेवापत अवस्था हेरेर झण्डै रू. नौ हजारदेखि १४ हजार प्रतिकिमी भाडा तिर्नुपर्ने हुन्छ । कुनै पनि कम्पनीले अझै अटेर गरेमा लाइन विस्तार रोक्ने, केबल काट्ने र दोस्रो चरणमा कारबाही प्रक्रिया अघि बढाइने छ ।’ ती संस्थाकोे पुरानो सेवा अवरुद्ध नगरिए पनि नयाँ विस्तारमा भने रोक लगाइएको उनले बताए । साथै केन्द्रले विद्युतीय संरचना प्रयोग गरी नेटवर्क विस्तार नगर्न/नगराउन सूचना जारी गरेको छ ।   सूचना बेवास्ता गरी नेटवर्क विस्तार गरेमा कडा कारबाही गरिने जानकारी दिइएको छ । ती संस्थाले शहरलाई नै कुरुप हुने गरी तार टाँग्ने गरेकामा चर्को विरोध पनि हुँदै आएको छ । रासस

यात्रुसँग बढी भाडा असुल्ने १५४ सवारीसाधनलाई कारबाही

वीरगञ्ज । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने १५४ ओटा सवारीसाधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले साउन महीनामा ती सवारीसाधनलाई कारबाही गरेको हो । सवारी सञ्चालकले यात्रुहरूबाट लिएको बढी भाडा ट्राफिक प्रहरीले फिर्ता गराएको छ । १ हजार ३९७ जना यात्रुले ३ लाख २५ हजार ८९१ रुपैयाँ भाडा फिर्ता पाएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए । यात्रुसँग बढी भाडा लिने सवारीलाई जरीवानासमेत तिराइएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए । ट्राफिकले ती सवारीसाधनबाट २ लाख ३४ हजार ५ सय रुपैयाँ जरीवाना पनि असुल गरेको छ । यसैगरी मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४८ जनालाई कारबाही गरेर ४८ हजार रुपैयाँ जरीवाना तिराएको छ । तीव्रगतिमा सवारी चलाउने १९४ जना चालक कारबाहीमा परेका छन् । सो अवधिमा क्षमताभन्दा बढी भार बोकेका १५ ओटा ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको ट्राफिकले बताएको छ । ट्राफिक नियम उल्लंघन गर्ने २१ हजार ३२९ ओटा सवारीसाधन कारबाहीमा परेका छन् । यो कारबाहीबाट १ करोड ७६ लाख रुपैयाँ राजस्व उठेको जैसवारले जानकारी दिए । बितेको १ महीनामा प्रदेश २ मा ५६२ ओटा सवारी दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको छ । ती दुर्घटनामा १८१ जना घाइते भएको ट्राफिक प्रहरीले बताएको छ । प्रहरीका अनुसार सो अवधिमा गरिएका ८२ ओटा चेतनामूलक कार्यक्रममा १५ हजार २०१ जना सहभागी भएका थिए ।

निषेधाज्ञाको मौका पारेर मनलाग्दी भाडा असुली

सल्यान । सल्यानमा सञ्चालित यातायातका साधनले मनपरी भाडा असुल्न थालेको गुनासो बढेको छ । जिल्लामा सञ्चालन भइरहेका यातायातका साधनले ग्रामीण रुटमा चल्ने, जिल्ला भित्रिने र बाहिरिने सर्वसाधारणबाट निषेधाज्ञाको मौका छोपी मनलाग्दी भाडा असुल्न थालेको गुनासो बढेको हो । कोरोना महामारीको जोखिमका कारण बन्द सार्वजनिक सवारीसाधन झन्डै २ महिनापछि असार २१ गतेबाट जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणालीबाट सञ्चालन गर्न अनुमति दिएको थियो । यातायात व्यवसायीले कोरोना महामारीको वहाना बनाएर सर्वसाधारणबाट दोब्बर/तेब्बर भाडा असुली रहेको सर्वसाधारणको गुनासो छ । जिल्लामा असार ३१ गतेसम्म निषेधाज्ञा जारी छ । निषेधाज्ञाको मौका छोपेर यातायात व्यवसायीले अत्यधिक भाडा असुल्न थालेपछि आर्थिक वर्षको मसान्तमा विकास योजनाको भुक्तानी लिनेदेखि सामान किनमेल तथा उपचारका लागि बजारसम्म आउने सर्वसाधारण ठूलो परेका छन् । सल्यानबाट दाङका लागि छुट्ने सार्वजनिक यातायात तथा जिल्लाका प्रायः ग्रामीण क्षेत्रमा चल्ने सवारीसाधनले पुरानो रेटभन्दा दोब्बर बढी भाडा लिने गरेको एक स्थानीयले बताए । ‘विभिन्न कामका लागि बजारसम्म आउनुपर्छ । तर, लामो समयसम्म गाडी बन्द भएको, सडक कच्ची भएको, यात्रु नपाइनेलगायत वहाना बनाएर व्यवसायीले महँगो भाडा लिने गरेका छन्,’ उनले भने । यस्तै, निजी नम्बर प्लेटका गाडीले यात्रु ओसारपसार गर्ने र मनपरी भाडा असुलिरहेको पनि गुनासो बढेको छ । ती सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरेको गुनासा पनि उत्तिकै आएका छन् । गाडीमा स्वास्थ्य मापदण्डका नियम  पालना गर्नुपर्ने भए पनि कमैले मात्र त्यसलाई पछ्याएको पाइन्छ । नमस्ते सल्यान यातायात प्रालिका अध्यक्ष डम्बरसिंह तिरुवाले अहिले भाडादर वृद्धिका विषयमा कुनै निर्णय नभएको र पुरानै भाडादरमा सवारीसाधन सञ्चालन भइरहेको बताए । ‘यदि कुनै गाडीले निषेधाज्ञा अगाडिकै भाडाभन्दा बढी लिएको पाइए कारबाही गर्छौं । हामीले मनपरी भाडा असुल नगर्न निर्देशन दिएका छौं,’ उनले भने । जिल्लामा सञ्चालित सवारीसाधनमा मनपरी भाडा असुल भइरहेको विषयमा सल्यान प्रहरीले थप सक्रियता बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायब उपरीक्षक गोविन्द थापाले यात्रुसँग तोकिएको भाडादरभन्दा बढी भाडा लिने गाडी व्यवसायीलाई कारबाही गरिने बताए । ‘सोमबार मात्रै यात्रुसँग बढी भाडा लिने भ्यानलाई श्रीनगरबाट नियन्त्रणमा लिएर कारबाही गरेका छौं,’ उनले भने । उनले तोकिएको भाडाभन्दा एक रुपैयाँ पनि बढी लिएको पाइए कारबाही गरिने उनको भनाइ छ । ‘हामीले नियमित रूपमा निरीक्षण गर्न थालेका छौं । विशेषतः मुख्य बजार तथा जिल्ला भित्रिने नाका कपुरकोट र सिमखोलीमा कडाइ गरेका छौं,’ उनले भने । सार्वजनिक सवारीसाधन होस् वा निजी । तोकिएभन्दा बढी भाडा लिए तुरुन्तै प्रहरीमा खबर गर्न उनको आग्रह छ ।

चार्टरमा ठगी: छानबिन समिति गठन, दोषी कम्पनीलाई दर्ता खारेजीसम्मको कारबाही हुने

काठमाडौं। अन्तर्राष्ट्रिय चार्टर उडानमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकबाट चर्को भाडा असुल भएको समाचारमा आएपछि पर्यटन मन्त्रालयले यसमा संलग्नलाई कारबाही

हेलिकोप्टरमा बढी भाडा प्रकरण : तोकेभन्दा बढी भाडा असुले कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर कम्पनीहरूलाई महामारीमा जनतासँग बढी भाडा असुल नगर्न निर्देशन दिएको छ । प्राधिकरणले सरकारले तोकेको भाडाभन्दा बढी असुल गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।  प्राधिकरणले गुनासो गर्नका...

यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गरायो

नुवाकोट । दशैँ पर्वमा अनियमित रुपमा सवारी साधन सञ्चालन गरी यात्रुसँग बढी भाडा असुल गर्ने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । पर्वका...

नुवाकोटमा यात्रुसँग लिएको बढी भाडा प्रहरीले गरायो फिर्ता :: Pahilopost.com

नुवाकोट :  दशैँ पर्वमा अनियमित रुपमा सवारी साधन सञ्चालन गरी यात्रुसँग बढी भाडा असुल गर्ने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारवाही गरेको छ।  पर्वका समयमा चालकले यात्रुसँग चर्को भाडा असुल गरेको गुनासो चौतर्फी आएपछि आज विभिन्न स्थानमा जाँच गरी सातवटा सवारी साधनका चालकलाई कारबाही गर्नुका साथै ती सवारी साधनमा यात्रा

यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गरायो

दसैं पर्वमा अनियमित रुपमा सवारी साधन सञ्चालन गरी यात्रुसँग बढी भाडा असुल गर्ने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । पर्वका समयमा चालकले यात्रुसँग चर्को भाडा असुल गरेको गुनासो चौतर्फी आएपछि आज जिल्लाको विभिन्न स्थानमा जाँच गरी सातवटा सवारी साधनका चालकलाई कारबाही गर्नुका साथै ती सवारी साधनमा यात्रा गर्ने १६५ यात्रुको १८ हजार…