घरको छानामा टायल लगाउने काम गर्ने स्टिभन ग्यालाघेरलाई ‘स्क्लेरोडर्मा लागेपछि उनका हात प्रयोगहिन भएको थियो । बेलायतको ‘नेशनल हेल्थ सर्विस (एनएचएस)’ का शल्य चिकित्सकले ग्यालाघेरका दुवै हात सफल रुपमा प्रत्यारोपण गरेका छन् । यो विश्वमै पहिलोपटक दुवै हातको सफल अपरेशन हो । ग्यालाघेरलाई स्क्लेरोडर्मा रोगले समाएपछि विस्तारै उनको हात कमजोर बन्दै गएको थियो । छाला र आन्तरिक अंगमा असर गर्ने यो रोगको कारणले अन्ततः उनको हातका सबै औँला दोब्रिएर स्थायी मुठी पर्यो । १३ वर्षअघि पहिलोप