जेठ ६, क्वाङचाउ (चीन) । चिनियाँ बहुराष्ट्रिय इन्टरनेट कम्पनी बाइटडान्सका सह–संस्थापक चाङ यिमिङले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पद छाड्ने भएका छन् ।
नयाँ भूमिकाका लागि उनले सो पद छाड्न लागेको बिहीवार कम्पनीले बताएको हो । हाल कम्पनीको मानव संसाधन विभागको नेतृत्व गरिरहेका अर्का सह–संस्थापक लियाङ रुबोले यस वर्षको अन्त्यदेखि कम्पनीको सीईओको जिम्मेवारी लिनेछन् । चाङले भने महत्वपूर्ण रणनीतिक भूमिका निर्वाह गर्नेछन् ।
सुधार्नु पर्ने कयौं कुराहरु रहेको र दैनिक व्यवस्थापन सुधार लगायतका काम अरु कसैले राम्रोसँग गर्न सक्ने आफूलाई लागेको कर्मचारीहरुको नाममा प्रेषित एक नोटमा चाङले भनेका छन् । आफूसँग आदर्श व्यवस्थापकसँग हुने केही सिप नभएको पनि उनले बताएका छन् ।
आफ्नो संगठन र बजारसम्बन्धी सिद्धान्तको विश्लेषणमा बढी रुची रहेको र यही सिद्धान्तको लाभ उठाउन आफूले मानिसहरुको व्यवस्थापन गर्नुको सट्टा व्यवस्थापनसम्बन्धी काम नै थप घटाएको उनले बताए ।
आगामी ६ महीनामा सम्भावित परिवर्तनलाई सहज होस् भनेर सुनिश्चित गर्न आगामी ६ महीना चाङ र लियाङले काँधमा काँध मिलाएर काम गर्ने बाइटडान्सले बताएको छ । एजेन्सी