माइक्रोसफ्टका सीईओ सत्या नाडेलामाथि बज्रपात

माइक्रोसफ्टका सीईओ सत्या नाडेलाको छोरा जेन नाडेलाको निधन भएको छ । जेन नाडेला सेरेब्रल पाल्सी नामक एक रोगबाट ग्रसित थिए र उनको उमेर केवल २६ वर्षको मात्रै थियो । माइक्रोसफ्टले आफ्नो कर्मचारीहरुलाई एक ईमेल पठाएर यसको जानकारी दिएको हो । जेनको उपचार चिल्ड्रेन अस्पतालमा चलिरहेको थियो । जेनको मृत्युपछि अस्पतालका सीईओ जेफ स्पेरिङले बोर्डबाट एक सन्देशमा भनेका छन्,‘जेनलाई संगीतप्रतिको आकर्षणका लागि सधै सम्झिइने छ ।के हो सेरेब्रल पाल्सी ? सेरेब्रल पाल्सी मस्तिष्क र मांसपेशीसँग जोडिएको एक सम

सम्बन्धित सामग्री

माइक्रोसफ्टको अध्यक्षमा सत्या नाडेला निर्विरोध निर्वाचित

असार ५, वासिङ्टन । विश्वचर्चित माइक्रोसफ्ट कर्पोरेसनको अध्यक्षमा सत्या नाडेला नियुक्त भएका छन् ।            माइक्रोसफ्टको अध्यक्ष यसअघि जोन थमसन रहेका थिएन भने नाडेला माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका थिए ।  भारतीय मुलको नाडेला सो चर्चित कम्पनीको अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले बताएको छ ।            माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गत सन् २००० मा त्यागेका थिए भने सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत रहेका थिए।             अध्यक्षमा निर्वाचित भएपनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारीसमेत उनले नै निर्वाह गरिरहने कम्पनीले बताएको छ । माइक्रोसफ्ट कर्पोरेसनमा झण्डै दई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी पाएका हुन्।            त्यसैगरी कर्पोरेसनको अध्यक्षको जिम्मेवारीबाट संस्थापक विल गेट्सले सन् २०१४ मा बाहिरिएका थिए । संस्थापक गेट्स बाहिरिएपछि थमसनले अध्यक्षको जिम्मेवारी लिएका थिए।            अहिले उनी पनि बाहिरिएपछि माइक्रोसफ्ट कर्पोरेसनको नेतृत्व तेस्रो व्यक्तिमा पुगेको छ । कर्पोरेसनको दोहोरो जिम्मेवारी लिएपछि उनले सामाजिक सञ्जाल ट्वीटरको आफ्नो एकाउन्टमा पनि ‘चियरमेन एण्ड सीईओ अफ माइक्रोसफ्ट कार्पोरेसन’ लेखेका छन् ।रासस/ एएनआई