सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ पक्राउ

मोरङ । सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख (सीईओ) नविन सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको १५ करोड रुपैयाँ बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सीईओ सुवेदीलाई आज (बुधबार) बेलुका विराटनगरबाट पक्राउ गरेको हो । बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको थियो ।हिनामिनामा संलग्न […]

सम्बन्धित सामग्री

सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरण : आरोपीमध्ये चारजनाको बयान सकियो

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकको करीब १५ करोड ७५ लाख रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका पाँचमध्ये चार प्रतिवादीको बयान सकिएको छ । उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश राजन भट्टराईको इजलाशमा उनीहरूको बयान बिहीवार सकिएको हो । पक्राउ परेका रामेछाप घर भई विराटनगरमा बस्दै आएका ३० वर्षीय होमप्रसाद पौडेललाई कोरोना संक्रमण देखिएको छ । उनको हकमा संक्रमण ठीक भएपछि अदालतमा उपस्थित गराइनेछ । ‘बैंकिङ कसुर’ मुद्दामा पक्राउ परेका बैंकका तत्कालीन सीईओ विराटनगर–५ घर भएका ४७ वर्षीय नवीन सुवेदीको बयान बुधवार नै सकिएको थियो । बैंकका तत्कालीन जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख विराटनगर १ का २९ वर्षीय हिमाल भट्टराई, बैंकको लेखा प्रमुख विराटनगरका ४८ वर्षीय देवीप्रसाद भण्डारी र कनिष्ठ अधिकृत ३६ वर्षीय अमित थापा मगरको बयान बिहीवार साँझ सकिएको उच्च अदालत विराटनगरका सुपरिटेन्डेन्ट ओमराज सुवेदीले जानकारी दिए । प्रतिवादीहरूको बयान दुई दिन लगाएर सकिएकाले शुक्रवार सबेरै थुनछेक बहस शुरू हुने उनले बताए । ‘अदालत खुलेपछि थुनछेक बहसका लागि गोलाप्रथाबाट इजलाश तोकिनेछ,’ उनले भने । थुनछेक बहसमा वादी र प्रतिवादीका कानून व्यवसायीले परैवी गरेपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने र साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश हुनेछ । चार प्रतिवादीहरूको तर्फबाट पैरवी गर्न एक दर्जन कानून व्यवसायीले ‘वकालत नामा’ भरेका छन् । बैंकका तत्कालीन सीईओ सुवेदीले तीनजना कानून व्यवसायी राखेका छन् । बैंकिङ कसुर मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले पक्राउ परेका बैंकका सीईओसहित ९ जना कर्मचारी र तीनजना खातावालाहरूलाई प्रतिवादी बनाएर अदालतमा मंगलवार अभियोग दर्ता गरेको थियो ।

सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरणः सीईओसहित थप तीन जना कर्मचारी पक्राउ

विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंक घोटला प्रकरणमा बैंकका सीईओ नवीन सुवेदीसहित थप तीन जना कर्मचारी पक्राउ परेका छन् ।