युनाइटेड पोखरा भलिबल कप बिहीबारदेखि

पोखरा (हाम्रो खेलकुद) – युनाइटेड पोखरा क्लब पोखराको आयोजनामा युनाइटेड पोखरा भलिबल कप यही बिहीबारदेखि हुने भएको छ । प्रतियोगिता मंसिर २२ गते बिहीबारदेखि २५ गते आइतबारसम्म छन्त्याल समाजको भलिबल कोर्ट नदिपुरमा हुने क्लबका अध्यक्ष अनिल गुरुङले जानकारी गराए । प्रतियोगितामा महिला र पुरुष दुवैमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । […]

सम्बन्धित सामग्री

लामाचौर भलिबलको उपाधि महिलातर्फ पुलिसको पोल्टामा

पोखरा – लामाचौर भलिबल कप प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्यिन नेपाल पुलिस क्लबले हात पारेको छ। सोमबार इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा भएको फाइनल खेलमा चन्द्रागिरी न्यु डायमण्ड युथ स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गर्दैै पुलिसले उपाधि रक्षा गरेको हो। गत बर्ष भोगेको पराजयको बदला लिएर च्याम्यिन बन्ने दाउमा मैदान छिरेका न्यु डायमण्डका खेलाडीले पहिलो सेटमा […]

लामाचौर भलिबल कपः जितविहीन गल्कोट र एभरेष्ट

पोखरा – पोखरामा जारी लामाचौर भलिबल कप महिला पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ गल्कोट स्पोर्टस क्लब र महिलातर्फ एभरेष्ट भलिबल क्लब जीत विहीन बनेका छन्। आइतबार तेस्रो खेलमा एभरेष्ट भलिबल क्लब विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ३–० को सोझो सेटमा पराजीत भएको हो। एपीएफले क्रमशः २५–१६, २५–१४ र २५–१७ को जीत निकालेको छ। यसअगाडि […]

लामाचौर भलिबल कप सुरुः गण्डकी, पुलिस, एपीएफ र मणिमुकुन्दको जित

पोखरा – लामाचौर भलिबल कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ। नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन पुरुषतर्फका ४ खेल भएका छन्। गण्डकी प्रदेश, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्बल र मणिमुकुन्द भलिबल क्लबले जित दर्ता गराएका छन्। गल्कोट स्पोर्टस् क्लब बाग्लुङले भने दोहोरो हार व्यहोरेको […]

शुक्लागण्डकी मेयर कपको सेमीफाइनल समीकरण

गण्डकी प्रदेशमा एकपछि अर्को गरी भलिबलका प्रतियोगिता आयोजना भईरहेका छन्। पोखरा रंगशालामा टाईगर कम आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिताबाट शुरु भएको थियो। त्यसपछि पोखरामै मुख्यमन्त्री कप, सृजना भलिबल कप(विद्यालयस्तरीय) सम्पन्न भईसक्यो। स्याङजामा सर्वाधिक पुरस्कार राशीको पुतलीबजार कप आयोजना गरिएको थियो।

मुख्यमन्त्री भलिबल कपः ४ समूह फाइनल प्रवेश

पोखरा । पोखरा जारी मुख्यमन्त्री प्रदेशस्तरीय भलिबल कप प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । शुक्रबार पोखरा रंगशालामा आयोजित महिला तर्फको सेमिफाइलन खेलमा म्याग्दीले तनहुँलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान प्रवेश गरेको हो ।म्याग्दीले तनहुँलाई २५–११, २५–१९ र २५–१३ सोझो सेटमा पराजित गदै फा...