पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गर्ने भाजपा सांसद पक्राउलगत्तै रिहा
पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गर्ने भारतीय जनता पार्टी (भाजपा) का सांसद ठाकुरराजा सिंह पक्राउ परेका छन् । तर, केहीपछि नै अदालतबाट उनी रिहा भए । भारतको दक्षिणी सहर हैदरावादमा प्रहरीले...
एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको अभिव्यक्तिलाई लिएर भारतको सत्तारूढ दल भारतीय जनता पार्टी आक्रोशित भएको छ । ओबामाले अमेरिकी सञ्चार माध्यम सीएनएनसँगको अन्तर्वार्तामा भारतले अल्पसंख्यकको अधिकारको रक्षा नगरेमा फेरि विभाजन आउन सक्ने टिप्पणी गरेका थिए । उनले सत्तारूढ दलका नेताहरूलाई अनुदार लोकतन्त्रवादीको संज्ञा दिएका थिए । उक्त कुराकानीमा ओबामालाई अनुदार लोकतन्त्रवादीसँग राष्ट्रपति बाइडेनले गर्नुपर्ने […]
भारतको दक्षिणी सहर हैदरावादमा प्रहरीले पैगम्बर मुहम्मदको बारेमा विवादास्पद टिप्पणी गरेको आरोपमा देशको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का एक स्थानीय सांसद ठाकुर राजा सिंहलाई पक्राउ गरेको छ । सिंहको टिप्पणीले ठूलो आक्रोश बढ्नुका साथै मुस्लिम समुदायबाट विरोध प्रदर्शन भएका छन् ।दक्षिणी राज्य तेलंगानाको विधानसभामा दुई पटक विधायक बनेका सिंह प्रायः मुस्लिम विरोधी भाषणका कारण सञ्चार माध्यमको शीर्षक बनेका छन् । घृणा भाषण गरेको अभियोगमा दुई वर्षअघि फेसबुकले उनलाई प्रतिबन्ध लगाएको थियो । सिंहको वि
भारतकाे पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पैगम्बर मोहम्मदमाथि आपत्तिजनक टिप्पणी गर्ने भारतीय जनता पार्टी(भाजपा)का नेताहरूलाई पक्राउ गर्न माग गरेकी छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्ताे माग गरेकी हुन्। उनले लेखेकी छन्, ‘म भाजपाका केही नेताहरूले गरेकाे हालैका आपत्तिजनक बयानहरूको निन्दा गर्छु। यसबाट हिंसा मात्रै फैलिएको छैन, देशकाे एकता टुक्रिएकाे छ। जसका कारण शान्ति र सद्भावमा […]
सत्तारुढ दलका दुई नेताले मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको अपमान गरेको आरोप लागेपछि भारत सरकार खाडी देशसँग कूटनीतिक विवादमा फसेको छ । उनीहरूको टिप्पणीलाई लिएर मध्यपूर्वमा विरोध भएपछि सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले पार्टी प्रवक्ता नुपुर शर्मालाई निलम्बन गरेको छ भने दिल्ली मिडिया प्रमुख नवीन कुमार जिन्दललाई निष्कासन गरेको छ । इरान, इराक, कुवेत, कतार, साउदी अरेबिया, ओमान, युएई, इरान, जोर्डन, अफगानिस्तान, बहराइन, माल्दिभ्स, लिबिया र इन्डोनेसियालगायत कम्तीमा १५ देशले विवादास्पद टिप
एमाले नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुर राणा देउवाले भाजपा विदेश विभागका प्रमुखलाई भेटेको विषयमा टिप्पणी गरेका छन् । उनले के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुन लागेको हो ? भनेर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।
‘श्रीमती आरजू राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ताको समाचार आयो,
के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुन लागेको हो ?’, उनले ट्वीटरमा टिप्पणी...
काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई भारतीय जनता पार्टीका प्रवक्ता डा. विजय चौथाइवालेले हिन्दु आस्था र परम्पराको अपमान गरेको भन्दै कडा टिप्पणी गरेका छन् । उनले ट्वीटमार्फत् पूर्वप्रधानमन्त्री भट्टराईले इदको अवसर पारेर हिन्दु आस्था र परम्पराको अपमान गरेको टिप्पणी गरेका छन् । डा. भट्टराईले आजै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले […]
काठमाडौं, २८ बैशाख । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुब्रमण्यम स्वामीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भारतको च्वाईस अर्थात् रोजाई भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् स्वामीले यस्तो बताएका हुन् । त्यस्तै, उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने चीनले जितेको […]
काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यन स्वामीले नेपालको तरल राजीतिक परिस्थितिमा भारतले चतुर कदम चाल्नुपर्ने बताएका छन् । भारतको राज्य सभाका सदस्य रहेका स्वामीले भारतले चतुर कदम चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका हुन्।
भारतले त्यसो गर्न नसके चीनले नेपालमा भूमिका बढाउने उनले बताएका छन्। अहिले प्रधानमन्त्री केपी शर्मा ओली ‘न घर न घाट’ को जस्तो अवस्थामा पुगेका बेला भारतले चतुर राजनीतिक कदम चाल्नुपर्ने उनको भनाइ छ ।
बीजेपीका केन्द्रीय कार्यसमिति सदस्य रहेका उनले नेपाल संभवतः अब लोकतान्त्रिक अवस्थामा फर्किने र गठबन्धन सरकार बन्ने भनी बिहीबार सामाजिक सञ्जालमार्फत् आफ्नो टिप्पणी सार्वजनिक गरेका हुन्।
‘ओली उनकै कदमका कारण अहिले ‘न घर न घाट’को अवस्थामा पुगेको हुँदा यहि बेला चिनियाँ प्रभावलाई निस्तेज पार्न भारतले केहि सिक्नैपर्छ,’ उनले भनेका छन्, ‘चिनियाँहरुले भूमिका बढाउने नै छन् त्यसैले सन्तुलन कायम राख्न भारतले निकै चतुर (मूर्खतापूर्ण होइन) राजनीतिक चाल चाल्नुपर्छ ।’
सर्वोच्च अदालतको मंगलबारको आदेशबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि नेपालमा नयाँ सरकार गठनका लागि कसरत सुरु भइरहेका बेला उनको यो भनाइ आएको हो ।
केही दिन अघि मात्रै भारतीय गृहमन्त्री अमित शाहको नेपालमा भाजपाको संगठन विस्तार गरेर सरकार बनाउने अभिव्यक्ति आएको थियो । सो अभिव्यक्तिको कडा आलोचना भइरहेका बेला सत्तारुढ भाजपाका अर्का नेताको विवादास्पद भनाई सार्वजनिक भएको हो ।