५० हजार अमेरिकी डलर पुरस्कार राशीको ‘वल्र्ड भ्लग च्यालेन्ज’ घोषणा गरिएको छ ।
पाँच महिनापछि भ्लग च्यालेन्जका विजेता घोषणा गरिनेछ ।
२० अक्टोबर–५ नोभेम्बर २०२१ सम्म ६ देशका ११ भ्लगरलाई सगरमाथा आधार शिविर लगिएको थियो ।
त्यहाँ उनीहरूले हिमालय ग्लेसियरको जलवायु परिवर्तनको असरबारे भिडियो बनाएका थिए ।
च्यालेन्जको मुख्य उद्देश्य पग्लिएका हिमनदीका कथाहरू सुनाउनु रहेको बताइएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।