हत्या आरोपमा वडाध्यक्ष सहित ३ जना पुर्पक्षका लागि जेल चलान

रुकुम (पूर्व) : रुकुमपूर्वमा स्थानीय तह निर्वाचनका बेला विवाद पछि हत्या आरोपमा पक्राउ परेका तीन जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।गत वैशाख ३० मा सम्पन्न निर्वाचनमा पुथाउत्तरंगा गाउँपालिका–११, का नवनिर्वाचित अध्यक्ष कुमार सिंह, निवर्तमान अध्यक्ष जयकुमार बुढा र स्थानीय अर्जुनकुमार बुढा पक्राउ परेका थिए।उनीहरुविरुद्ध सोही ठाउँकी ३९ वर्षीया दुथी भनिने जुनमाया बुढाको हत्या आरोपमा किटानी जाहेरी परेको थियो। वैशाख १९ गते रातिदेखि हराएकी उनको शव गाउँकै जंगलमा वैशाख २६ गते भेटिएको

सम्बन्धित सामग्री

गायिका दिलमाया सुनारको हत्या आरोपित जेल चलान

काठमाण्डाै – लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या गरेको आरोप लागेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका खिलबहादुर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाण्डौ जिल्ला अदालतको आदेशमा श्रेष्ठ आज साेमवार केन्द्रीय कारागार चलान भएका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । सुनारको शव गएको असार ११ गते काठमाण्डौको तारेश्वर नगरपालिका नेपालटारको आफ्नै कोठामा भेटिएको थियो । सुरुमा हेर्दा घटना आत्महत्या जस्तो देखिए पनि अनुसन्धान गर्दै जाँदा सुनारको घाँटीमा डाम देखिएपछि प्रहरीले हत्या भएको आश...

दिलमाया सुनारका हत्या आरोपी श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ९ साउन । गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सुर्य श्रेठलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । दिलमाया गत असार ११ गते बिहान आफ्नै डेरामा नेपालटारमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको हत्याको आरोपमा सिन्धुपाल्चोक घर भएका श्रेष्ठलाई पक्राउ गरेर […]

विनोद शाही हत्या प्रकरण : चारजना पुर्पक्षका लागि जेल चलान

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही हत्या आरोपमा चारजना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् । पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई कारागार...

उखुबारी हत्याकाण्डका चार जना अभियुक्त पुर्पक्षका लागि जेल चलान

जिल्ला अदालत मोरङले मोरङस्थित धनपालथान गाउँपालिका–७ उखुबारी हत्याकाण्डका चार जना अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ ।तीन जना साझेदारको हत्या प्रकरणका मुख्य अभियुक्त सिरहा नगरपालिका घर भइ काठमाडौं, बल्खु बस्ने ३१ वर्षीय अनिल कुमार मण्डलसहित चार जना जेल चलान भएका हुन् । मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलाशले उनीहरुलाई जेल चलान गरेको हो ।जेल चलान हुनेमा मण्डलसहित जहदा–४ का २९ वर्षीय अमित भन्ने दिनानाथ सोनार, धनपालथान गाउँपालिका–७ का  ६३ वर्षीय

सङ्खुवासभा सामूहिक हत्याकाण्ड : अभियुक्तहरु जेल चलान

काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्डका अभियुक्तहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । सङ्खुवासभा जिल्ला अदालतले ५ जना अभियुक्तमध्ये ४ जनालाई जेल चलान तथा एक नाबालकलाई सुधार गृह पठाउने आदेश दिएको हो । गत भदौ २१ गते उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या भएको […]

शिशुको घाँटी निमोटी हत्या गर्ने एक महिला जेल चलान

काठमाडौं । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका- ७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । माधवीलाई जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादखुर कार्कीको एकल इजलासले पुर्वक्षका लागि कारागार चलान गर्न आदेश […]

छोरालाई घाँटी थिची हत्या गरेको आरोपमा सौतेनी आमा जेल चलान

जलेश्वर– महोत्तरी जिल्ला अदालतले छोरालाई घाँटी थिचेर हत्या गरेको आरोपमा एक सौतेनी आमालाई जेल चलान गरेको छ। जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवी (सौतेनी आमा) ले पाँच वर्षीय छोरा रितेश यादवको घाँटी थिचेर हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई आज पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ। सोही घटनामा […]

छोरालाई घाँटी थिची हत्या गर्ने सौतेनी आमा जेल चलान

महोत्तरी जिल्ला अदालतले छोरालाई घाँटी थिचेर हत्या गरेको आरोपमा एक सौतेनी आमालाई जेल चलान गरेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवी (सौतेनी आमा) ले पाँच वर्षीय छोरा रितेश यादवको घाँटी थिचेर हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई आज पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ । सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बुवा चन्द्रकिशोर यादवलाई साधारण तारेखमा छोडिएको छ । दश महिनाअघि जेठी पत्नी छँदाछँदै अर्को जा

वृद्ध दम्पतीलाई बेडसहित अपहरण गरी हत्या गर्ने सातजना जेल चलान

अजय साहजनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिकामा घरमा सुतिरहेकै ठाउँबाट वृद्ध दम्पतीलाई बेडसहित अपहरण गरेर हत्या गरेको आरोपमा ७ जना जेल चलान भएका छन्।गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा पिपरा गाउँपालिका-५ सोहडवा बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले सात जनालाई आज (शुक्रबार) जेल चलान गरेको हो।जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका झा दम्पतीका छोरा मनिष झाको जाहेरी