रिडीमा निर्माणाधीन नेपालकै पहिलो तीनमुखे पुल यतिबेला आकर्षणको केन्द्र बनेको छ । निर्माण कार्य सम्पन्न नहुँदै यो पुल हेर्न आउनेको भिड बढ्दो छ । यो पुल हेर्नमा जति आकर्षक छ, यस क्षेत्रका बासिन्दाको दैनिक जीवनका लागि उत्तिकै आवश्यक पनि छ ।गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष रामलाल विकका अनुसार यस पुलमा सेल्फी खिचेर, टिकटक बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि विभिन्न जिल्लाबाट हेर्न आउनेहरुको संख्या बढ्दै गएको हो ।रिडी बजारका बासिन्दासमेत रहेका विक भन्छन्, ‘सम्पन्न नहुँदै