गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल कालीगण्डकी नदीमा तीनवटै जिल्ला जोड्ने गरी बनाइएको तीनमुखे पुल लाईटिङ्गबाहेक अन्य सम्पूर्ण कार्य सम्पन्न भएको छ । २०७१ मंसिर १५ मा तत्कालीन सांसद तथा काँग्रेस नेता चन्द्र भण्डारी र तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालद्वारा संयुक्त रुपमा शिलान्यास गरिएको उक्त पुल झण्डै चार बर्ष सम्म अलपत्र परेको थियो । त्यसरी पुल निर्माण कार्य अलपत्र हुँदाको अपजश कुनै दलका नेताले लिएनन् । बरु एकले अर्कोलाई अपजसको शब्द बाण हान्न लजाएनन् । यतिबेला भन