तीनमुखे पुल निर्माणमा ढिलाइ

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा निर्माणाधीन तीनमुखे झोलुंगे पुल निर्माण सात वर्षमा पनि पूरा हुन सकेको छैन । रुरु क्षेत्रको रिडीमा तीन जिल्ला जोड्ने पुल निर्माणले पर्यटक आकर्षित गर्ने सरकारको योजना थियो । पाल्पाको तानसेन नगरपालिका–१४, गुल्मीको रुरु गाउँपालिका–१ र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ जोड्ने झोलुंगे निर्माण भए सो क्षेत्रको आउजाउ सहज हुने थियो ।      नयाँ बाटो रुविनामना जेबी निर्माण कम्पनीले ०७१ मा पुल निर्माणसम्बन्धी सम्झौता गरेको थियो । सम्झौताअनुसार ०७४ असार ९ गते पुल निर्माण पूरा हुनुपर्ने हो । कम्पनीले ९ करोड ८८ लाख २६ हजार ३०० रुपैयाँ लगानीमा काम थालेको थियो ।  पुल निर्माण थालिएको सात वर्षको अवधिमा पाल्पातर्फको लठ्ठा र हिँड्ने पाता जोड्ने काम सम्पन्न हुन लागेको छ । रासस  

सम्बन्धित सामग्री

रिडीको नमुना ‘ट्रिज’ निर्माणमा ढिलाइ

चार वर्षअघि गुल्मी, पाल्पा र स्याङ्जालाई जोड्ने गरी कालिगण्डकी नदीको रिडीमा निर्माण थालिएको ट्रिज(तीनमुखे पुल)को कार्यप्रगति निराशाजनक छ ।