राजनीतिमा पुस्ता हस्तान्तरण नेपालको सन्दर्भमा विरलै सुन्न र देख्न पाइन्छ। आफ्नो निर्वाचन क्षेत्र र पार्टी नेतृत्व सितिमिति मुख्य नेतृत्वले जीवनकालमै छाडेको उदाहरण छैन भन्दा पनि हुन्छ।तर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘अपवाद' बन्न पुगेका छन्। उनले सबैलाई आश्चर्यचकित पार्दै यसपटक आफ्नो राजनीतिक विरासत नयाँ पुस्तालाई हस्तान्तरण गरेका छन्। ‘अरिंगाल' को गोलोझैँ भक्तपुरमा पार्टी…