कांग्रेस नेताहरु भन्छन्ः कांग्रेसभित्र नेतृत्व वा पुस्ता हस्तान्तरण हुन नसक्नु दुर्भाग्यपूर्ण

नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्रका वैचारिक र सक्षम युवाहरुलाई योगदानका आधारमा उचित अवसर दिनुपर्नेमा जोड दिएका छन् । कांग्रेसका युवा नेता लाओस राईको अगुवाइमा शुक्रबार ललितपुरमा भएको भेलामा सहभागि नेताहरुले कांग्रेसभित्र नेतृत्व वा पुस्ता हस्तान्तरण गर्ने परिपाटीको विकास नहुँदा वैचारिक रुपमा सक्षम, सुदृढ र क्रियाशील युवाहरुले योगदानका आधारमा अवसर नपाएको गुनासो गरे ।