नर्सरीमा अजम्मरी कलासहित जमेको गुप्ता परिवारको ३ पुस्ता

यदाकदा मात्र व्यवसायमा पुस्ता हस्तान्तरण भएको देखिन्छ । घाम–पानी जस्तै । कसैले ठान्छन् पुस्ता हस्तान्तरण अनुहार बदल्ने कुरा मात्र हो तर रूपन्देहीमा एक परिवारको ३ पुस्ता एउटै व्यवसायमा छ । जिल्लाको तिलोत्तमा–४ ड्राइभर टोलस्थित गुप्ता नर्सरीमा परिवारको ३ पुस्ता माली बनेर रमाएको छ । गुप्ता परिवार फूलसँगै अन्य फलफूलका विरुवा उत्पादनमा लागेको ५२ वर्ष भयो ।  चाडपर्व होस् वा अन्य कुनै समय गुप्ता परिवार फूल र विरुवा उत्पादनमा लागिरहेको छ । २०२२ सालमा स्व. रघुनाथ गुप्ताले ८ कठ्ठा जग्गाबाट नर्सरी व्यवसाय शुरू गरेका थि...