काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका युवा नेताहरुले नेपाली कांग्रेसको १४औं महाधिवेशन सुनिश्चितताका लागि दबाब दिंदै आगामी नेतृत्वमा युवाले अवसर पाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार ललितपुरमा नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा कांग्रेस नेता लाओस राईको अगुवाइमा भेला भएका युवाहरुले कांग्रेसमा अब पुस्ता हस्तान्तरण आवश्यक रहेको औंल्याएका हुन् । भेलामा नेपाली कांग्रेस संसदीय दल प्रदेश […]