वर्तमान संविधान घोषणा हुँदै गर्दा जलाउने काम पनि भयो । संविधान जलाउँदा सङ्घीयता खारेज हुने हो कि भन्ने डर पनि भयो । संविधानमा किन सबैको कुरा समावेश भएन ? कस्तो भयो संविधान जनमानसमा चासो र चिन्ताको विषय भयो । तर अन्तरिम सरकार गठन भयो, स्थानीय, प्रदेश र सङ्घीय चुनाव घोषणा भए । चुनावमा संविधानको समर्थन गर्ने, नगर्ने सबैले भाग लिए । नयाँ संविधानअनुसार संसद् तथा सरकारका सबै सेवासुविधा लिए पनि संविधान संविधान जलाउने, संविधानलाई टेकी देश हाँक्ने काम गरे तर पनि समय समयमा संविधानको विरोध गर्न छाडेनन् ।
यसरी निर्वाचित जनप्रतिनिधिहरूले जनताको सपथ संविधानसम्मत् ढङ्गले खाएको वास्तै राखेनन् । सडकमा संविधानको विरोध गरी कालो दिवस मनाउँदा कतै हाँसो त कतै चिन्ताको रूपमा हेरियो । नेपालका नैतिकवान नेता आफूबाहेक अरूलाई नदेख्नेलाई आफ्नो कर्तुत थाहै रहेनछ । जननिर्वाचित प्रधानमन्त्रीलाई मन्त्रिमण्डलमा आफ्नै साथी र तिनका सङ्गठनले गाली गर्दा, संविधानको विरोध गर्दा तिनको नीति, नियत र नैतिकताको कुरा उठाउनु न्यायसङ्गत् नै होला ।