नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले पार्टीले नैतिकताको राजनीति गर्छ भन्ने सन्देश गएको बताएका छन् । छानबिनलाई सहज बनाउनका राजीनामा दिएको उल्लेख गर्दै प्रचण्डले अर्थमन्त्री राजीनामा दिनैपर्ने बाध्यता नभएपनि पार्टीले नैतिकता देखाएको उल्लेख गरे । ‘यसमा हामी काउन्टर अट्याकमा जाने कुरा पनि होइन । छानबिन प्रक्रियालाई सहज बनाउन राजीनामा दिनु नै सहज हुन्छ भनेर अर्थमन्त्रीले रोष्टमबाट आफ्ना कुरा दृढतापूर्वक राखेर राजीनामा दिनुभएको हो । राजीनामाले एउट