काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । शनिबार बिहानैबाट पम्पहरुमा सवारी साधनको लाइन भएपनि उनीहरुले तेल पाएका छैनन् । सँगै पम्पहरुले ‘पेट्रोल छैन’ लेखिएको कार्ड झुण्ड्याएका छन् । उपत्यकाका अधिकांश पम्पहरुले अहिले पेट्रोल छैन लेखिएको कार्ड झुण्ड्याएका छन् । शुक्रबारबाटै पम्पमा लाइन सुरु भएको थियो । पेट्रोलियम पदार्थ ढुवानी गर्ने व्यवसायीहरुले भाडा समायोजनको माग गर्दै आन्दोलन थालेपछि नै बजारमा पेट्रोलियम पदार्थको अभाव हुने त्रास उपभोक्तामा परेको छ । पेट्रोलियम पदार्थको ढुवानी शुक्रबारबाट पूर्ण रुपमा बन्द छ । इन्डियन आलय कर्पोरेसनले पनि शुक्रबारै नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूची पठाएको छ । नयाँ मूल्य सूचीअनुसार एलपी ग्यासको मूल्य अचाक्ली बढेको छ । एलपी ग्यास प्रतिसिलिन्डर २७३ रुपैयाँले बढेको छ । मट्टितेलको मूल्य प्रतिलिटर २२ रुपैयाँले बढेको छ । पेट्रोलको मूल्य भने १.४८ रुपैयाँले घटेको छ ।