काठमाण्डौ -नेपाल आयल निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य बढाएको छ । मङ्गलबार राति विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजल/मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँ बढेको जनाएको छ ।निगमका अनुसार अब पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य क्रमशः ११४, ९७ र ६७ रुपैयाँ भएको छ ।एक हप्ताअघि मात्रै निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा एलपी ग्यासको मूल्यमा प्रति लिटर प्रति सिलिण्डर क्रमशः दुई र २५ रुपैयाँ बढाएको थियो ।निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यव...