काठमाडौँ। काठमाडौँको बसुन्धरामा ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ। गए राति ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हो।
नारायणगोपालचोकबाट वसुन्धरातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र बिपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स्कुटर गएराती पौने २ बजे ठोक्किएका थिए।