काठमाडौँ । काठमाण्डौँको वसुन्धरामा गएराती ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको बारपाक सुलिकोट–३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । […]