काठमाडौंको गोकर्णेश्वरमा स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु, तीन गम्भिर घाइते

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै शनिबार राति स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने तीन जना गम्भिर घाइते भएका छन् । बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश–०२–०१९–प २४७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा काठमाडौंकै शंकरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवालको मृत्यु भएको हो । […]