काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले विराटनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । शनिवार आयोजना गरिएको राइड टीभीएसको विराटनगर शोरुमबाट शुरू भएर लेटाङ पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीबीच विभिन्न खेल पनि खेलाइएको थियो । सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र र अनुशासित राइडरलाई पदक प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । ४० राइडर सहभागी उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ प्रशासनको अनुमति लिएर सञ्चालन गरिएको कम्पनीले बताएको छ । राइडमा प्राविधिक टोलीले विभिन्न सडक सुरक्षा र राइडरले अपनाउनुपर्ने नियमसम्बन्धी जानकारी गराएका थिए ।