काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताउनुभएको छ ।
काठमाण्डाैमा आज आइतवार आयोजित शहीद, घाइते तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा ओलीले गएको पुस १० गते लोकतान्त्रिक देशभक्त सरकार बनाउने प्रयास भएको तर प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै गठबन्धनबाट भाग्न खोजेको बताउनुभयो । प्रचण्डसँगको सहकार्य लामो समयका लागि हुँदैन भन्ने आफूलाई पहिले नै थाहा भएको दाबी गर्दै ओलीले अहिले धोका दिएको बताउनुभयो ।
यसअघि प्रधानमन्त्री प्रचण्डले एमालेसँग दुई महिनाको सह...