साबुन उत्पादनमा नेपाल आत्मनिर्भर छ, आयात रोकौँ : साबुन उत्पादक संघ

नेपाल केन्द्रीय साबुन उत्पादक संघले नेपाल साबुन उत्पादनमा आत्मनिर्भर रहेको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले साबुनको उत्पादनमा नेपाल आत्मनिर्भर रहेको र यस क्षेत्रबाट हजारौंले रोजगारी समेत पाइरहेको जानकारी दिएको हो ।‘लन्ड्री सोप, डिटरजेन्ट पाउडर, डिटरजेन्ट केक, ह्याण्ड वास, टिस्यू, ट्वाइलेट क्लिनर, फिनेल अगरबत्ति, ट्वाइलेट सप र ट्वाइलेट पेपरमा हामी आत्मनिर्भर छौं,’ संघले विज्ञप्तिमा लेखेको छ । हाल देशमा १९ वटाभन्दा बढी यस्ता सामाग्री उत्पादन गर्ने उद्योग सञ्चालनमा

सम्बन्धित सामग्री

ग्रिल तथा स्टिल व्यवसायमा नेपाल आत्मनिर्भर

वर्षैपिच्छे परनिर्भता बढ्दै गएको बेला ग्रिल तथा स्टिल व्यवसायको क्षेत्रमा भने नेपाल आत्मनिर्भर रहेको छ।...

‘स्यानिटरी प्याड र डाइपरमा नेपाल आत्मनिर्भर छ, सरकारले आयात रोक्नुपर्छ’

नेपालमा पर्याप्त मात्रामा स्यानिटरी प्याड र बेबी डाइपरको उत्पादन हुन्छ । देशमा वर्षमा कूल ४० करोड थान स्यानिटरी प्याड खपत हुन्छ, जसमध्ये २५ करोड थान विदेशबाटै आउँछ । तर, नेपालको उत्पादन क्षमता नै ६० करोड थान छ ।  यस्तै, बेबी डाइपरको उत्पादनमा पनि नेपाल आत्मनिर्भर हुँदा–हुँदै पनि आयात भइरहेको छ । सरकारले आयात निरुत्साहित गर्न आवश्यक नीति लिँदै उत्पादन लागत घटाउन सके स्वदेशको माग धानेर चीन र भारतका ठूलो बजारमा निर्यातसमेत गर्न सकिने अवस्था छ । प्रस्तुत छ, यस विषयमा केन्द्रीत रही नेपाल उ

यी पाँच उत्पादनमा आत्मनिर्भर बन्दैछ नेपाल

नेपालमा खपत हुने सबैजसो वस्तु विदेशबाट आइरहँदा पाँच प्रकारका वस्तु उत्पादनमा नेपाल आत्मनिर्भर बन्नसक्ने देखिएको छ । उद्योग विभागले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार चिया, पेन्ट्स, केबल तार, जुत्ताचप्पल र जस्तापाताको उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने सम्भावना देखिएको हो ।नेपालमा भइरहेको उत्पादन र बजार मागले यी वस्तुमा नेपाल आत्मनिर्भर बन्न सक्ने देखिएको हो । तर, यसका लागि अझै धेरै लगानी आवश्यक पर्ने विभागको प्रतिवेदनले औंल्याएको छ ।चियानेपालमा मूख्यगरी दुई प्रकारका चिया उत्पादन हुँदै आएको छ । झाप

औषधिमा आत्मनिर्भर हुने लक्ष्य अधुरै

मुलुकले साढे दुई दशकदेखि नै औषधिमा आत्मनिर्भर हुने लक्ष्य अघि सारे पनि अझै पूरा हुन सकेको छैन । औद्योगिक वातावरण नहुनु तथा सरकारको अस्थिर नीतिका कारण औषधि उद्योगहरूले अपेक्षित लगानी बढाउन नसकेको व्यवसायीहरू बताउँछन् । कच्चा पदार्थको उपलब्धता, जनशक्तिको कमी तथा कर्जाको समस्यालगायत कारणले औषधि उत्पादनमा नेपाल आत्मनिर्भर बन्न नसकेको उनीहरूको भनाइ छ ।राष्ट्रिय औषधि […]

थप पाँच वस्तुमा आत्मनिर्भर बन्दै नेपाल

कृषि र औद्योगिक उत्पादनमा उल्लेख्य प्रगति हासिल नभए पनि नेपाल थप पाँच वस्तु उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा अघि बढेको छ । यीमध्ये एक कृषि वस्तु छ भने अन्य चार औद्योगिक उत्पादन छन् ।कृषितर्फ चिया उत्पादनमा नेपाल आत्मनिर्भर उन्मुख देखिएको छ । औद्योगिक उत्पादनतर्फ भने जस्तापाता, रड, जुत्ताचप्पल र केबल एन्ड कन्डक्टर उत्पादनमा मुलुक आत्मनिर्भर उन्मुख […]

यी २३ वस्तुमा नेपाल आत्मनिर्भर

काठमाडौं।उद्योग विभागले विभिन्न २३ वटा औद्योगिक उत्पादनमा नेपाल आत्मनिर्भर बनेको बताएको छ।विभागको प्रतिवेदनअनुसार ह्याचरी,कुखुरा, दूध, मासु, माछा,चिया, पिठो, मसला,पेन्ट, फलाम, जिंक पाता, कागज, ईटा, हरियो तरकारीमा नेपाल आत्मनिर्भर छ। यसैगरी, फर्निचर, साबुन/सर्फ, जीआई पाइप र एचडीपीई पाइपमा समेत नेपाल आन्तनिर्भर बनिसकेको विभागले जानकारी दिएको छ। विभागले सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने औद्योगिक वस्तुहरको विस्तृत अध्ययन प्रतिवेदन’मा यस्तो उल्लेख छ।

पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर, मल कारखाना खोल्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । सरकारले दूध, बटर (घ्यू), अण्डा र मासुमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको छ । सरकारले आज विशेष कार्यक्रम गरी यी वस्तुहरुमा आत्मनिर्भर भएको जनाएको हो । पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा हुँदा देशलाई अगाडि बढाउन सफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । हरेक दिन नयाँ उपलब्धी हासिल गर्दै नयाँ उचाइ लिएर अगाडि बढिरहेको पनि प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो । यद्यपी सरकारले पशुजन्य वस्तुमा आत्मनिर्भर भएको घोषणा गरेपनि तथ्यांकले भने नेपालमा अझै पनि सोही प्रकृतिका वस्तु आयात भइरहेको देखाएको छ । भन्सार तथ्यांकअनुसार १ अर्ब ३३ करोड १८ लाखको दूध र अण्डा आयात भएको छ । एक करोड ८५ लाखको मासु आयात भएको छ । यी वस्तुहरुको निर्यात भने नगन्य अवस्थामा छ। साथै कुखुरा तथा गाईभैँसीलाई आवश्यक पर्ने दाना (आहार) समेत नेपालमा उत्पादनभन्दा आयात नै धेरै हुने गरेको छ । मल कारखाना खोल्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने भन्दै विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो । कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानहरुलाई तालिम दिन जरुरी रहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखाना, यस सम्बन्धमा छलफल भइरहेको छ। हामी महंगो पर्छ भने पनि केही छैन, एउटा प्रोजेक्ट नै डेडिकेटेड गरीदिन सक्छौँ मल कारखानाका लागि । प्रोजेक्ट नै डेडिकेटेड गरिदिएपछि त्यसमा नाफा, नोक्सान भन्नेकुरा भएन त्यो प्रोजेक्ट सञ्चालन गरेर मल कारखानाको लागि खपत गर्ने हो। कृषि मन्त्रालयले मल उत्पादन तर्फपनि किसानहरुलाई तालिम दिन जरुरी छ ।’

अण्डा, मासु, धूलो दूध र बटरमा नेपाल आत्मनिर्भर

सरकारले अण्डा, मासु, धुलो दूध र दूधजन्य पदार्थ बटरमा आत्मनिर्भर भएको घोषणा गरेको छ।

पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर घोषणा

काठमाडौं : पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर मुलुक घोषणा भएको छ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज जावलाखेलमा आयोजित एक कार्यक्रममा धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गरेका हुन्‌।धुलो दूध, बटर, मासु र अण्डा आयात शून्यमा झरेको र नेपालमा भएको उत्पादन नै पर्याप्त हुने गरेको मन्त्रालयले दाबी गरेको छ।नेपालमा धुलो दूध ३ हजार मेट्रिकटन माग रहेको र उत्पादन ३ हजार ४ सय मेट्रिकटन भइरहेको मन्त्रालयको तथ्यांक छ। यस्तै, घिउ १२ सय मेट्रिक