पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर घोषणा

काठमाडौं : पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर मुलुक घोषणा भएको छ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज जावलाखेलमा आयोजित एक कार्यक्रममा धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गरेका हुन्‌।धुलो दूध, बटर, मासु र अण्डा आयात शून्यमा झरेको र नेपालमा भएको उत्पादन नै पर्याप्त हुने गरेको मन्त्रालयले दाबी गरेको छ।नेपालमा धुलो दूध ३ हजार मेट्रिकटन माग रहेको र उत्पादन ३ हजार ४ सय मेट्रिकटन भइरहेको मन्त्रालयको तथ्यांक छ। यस्तै, घिउ १२ सय मेट्रिक

सम्बन्धित सामग्री

आत्मनिर्भर घोषणा भएको १ वर्ष नपुग्दै दूध अभाव

चैत २, काठमाडौं । सरकारले पशुपन्छी र दूधमा आत्मनिर्भर भएको घोषणा गरेको १ वर्ष नपुग्दै बजारमा दूध तथा दुग्ध पदार्थको अभाव देखिन थालेको छ ।  गतवर्ष चैतमा सरकारले पशुपन्छीसहित दूध तथा दुग्ध पदार्थमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको थियो । तर, घोषणाको वर्ष दिन नपुग्दै बजारमा दूधको अभाव देखिएको हो ।  कोरोना महामारीका कारण सुस्ताएको बजार विस्तारै खुल्दै गएपछि माग एकाएक बढेर अभाव देखिएको हो । कोरोना महामारीको समयमा करीब ५० प्रतिशतले दूधको माग घटेर विक्री गर्नै समस्या भएपछि उद्योगहरूले दूध संकलन घटाएका थिए । त्यसपछि दूध उत्पादक किसान घट्दा अहिले अभाव सृजना भएको उद्योगी तथा व्यवसायीले बताएका छन् । ‘महामारीको प्रभाव कम हुँदै गएपछि अहिले बजारका सबै अंग खुले, जसले गर्दा बजारमा ह्वात्तै माग बढ्यो, माग एकाएक बढ्न थालेपछि हामीसँग मौज्दात रहेको बटर र धूलो दूधले बजारको माग धान्यौं । अहिले मौज्दात सकियो, त्यसैले अभाव बढेको हो,’ नेपाल डेरी एशोसिएशनका निवर्तमान अध्यक्ष सुमित केडियाले भने । उनका अनुसार महामारीको समयमा देशभर दैनिक करीब ४ लाख ५० हजार लिटर दूधको माग रहेको थियो । अहिले माग बढेर दैनिक करीब ८ लाख लिटरको हाराहारी पुगेको छ । तर, उत्पादन भने करीब ६ लाख २० हजार लिटर मात्र छ । बजारमा अझै १ लाख ८० हजार लिटर दूधको अभाव देखिएको छ ।  गतवर्ष यस समयमा नेपालमा ४१ हजार मेट्रिकटन धूलो दूध र २५ हजार मेट्रिकटन बटर मौज्दात थियो । दैनिक माग हुनेमध्ये करीब ८० प्रतिशत दूध प्याकेटमार्फत विक्री हुने र २० प्रतिशत दूध आइसक्रिम, दही, चिज, छुर्पीजस्ता वस्तुका रूपमा उत्पादन भई विक्री हुने गर्छ । गर्मी शुरू भएपछि चैतदेखि भदौ महीनासम्म दूध उत्पादन घट्दै जाने र त्यस समयमा दुग्धजन्य पदार्थ दही र आइसक्रिमको माग अन्य समयको तुलनामा करीब ३५ प्रतिशतले बढ्ने भएकाले बजारमा झनै अभाव देखिन सक्नेतर्फ उनले संकेत गरे ।  राज्यद्वारा आत्मनिर्भर घोषणा गरिएको वस्तुको अभाव हुनु हाम्रो उद्योग तथा बजारका लागि दुःखद भएको उनले बताए । अहिले बजारमा बटर र धूलो दूधको अभाव देखिइसकेको बताइएको छ । नेपाल दुग्ध विकास बोर्डका प्रवक्ता डा। बालक चौधरीले सुक्खा सिजन शुरू हुन थालेकाले बजारमा दुग्धजन्य पदार्थका केही वस्तुको अभाव शुरू भएको बताएका छन् ।  उनका अनुसार अहिले मौज्दात सबै सकिएपछि झोल दूध मात्र बजारमा उपलब्ध छ । त्यसले मात्र बजार माग धान्न समस्या भइरहेको उनले जानकारी दिए । बजारको माग धान्न समस्या हुँदै गएपछि उद्योगी तथा व्यवसायीहरूले भारतलगायत देशबाट झोल दूध आयात गर्न पाउनुपर्ने माग गर्दै डेरी उद्योग संघले बोर्डमा ज्ञापनपत्र बुझाएको छ ।  संघका अध्यक्ष राजकुमार दाहालले अभाव भएर उपभोक्ताले खानै नपाउने अवस्था सृजना हुनुभन्दा विदेशबाट आयात गर्दा समस्याको समाधान हुने बताए । तर, केही उद्योगी, व्यवसायी र दुग्ध विकास बोर्ड भने भारतबाट दूध आयात गर्नुभन्दा औपचारिक क्षेत्रमा जोडिन नसकेको र बजारमा आउन नसकेको दुर्गम क्षेत्रको दूध संकलन गरी माग धान्नेतर्फ लाग्नुपर्ने बताउँदै आएका छन् । बोर्डका प्रवक्ता चौधरीका अनुसार नेपालमा दैनिक करीब ६३ लाख लिटर दूध उत्पादन हुने भए पनि करीब ३१ लाख लिटर दूध मात्रै बजारमा आउने गर्छ र बाँकी सबै उत्पादक किसानले आफै प्रयोग गर्ने गरेको तथ्यांक छ । त्यसमध्ये पनि बजारमा आउने कुल दूधको १७ प्रतिशत मात्रै औपचारिक क्षेत्रमा संकलन हुने गर्छ भने बाँकी ३३ प्रतिशत अनौपचारिक क्षेत्रमा विक्रीवितरण हुँदै आएको छ । आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

आत्मनिर्भर घोषणा भएको वर्ष दिन नपुग्दै पोल्ट्री व्यवसाय संकटमा

काठमाडौं । सरकारले आत्मनिर्भर घोषणा गरेको वर्ष दिन नपुग्दै पोल्ट्री व्यवसाय संकटको अवस्थामा पुगेको छ । दाना बनाउन प्रयोग गरिने मुख्य कच्चा पदार्थ मकै र भटमासको भाउ अन्तरराष्ट्रिय बजारमा आकाशिएको छ भने कुखुरापालक किसानको संख्या ह्वात्तै घटेर चल्लाको माग घटी लागतभन्दा आधाकम मूल्यमा चल्ला विक्री गर्नुपर्ने अवस्था आएको छ । यसबाट व्यवसाय संकटतर्फ उन्मुख भएको बताइएको छ । सरकारले गत चैतमा पशुपक्षीमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको थियो । तर, यही क्षेत्र अहिले समस्यामा देखा परेको छ । दानाको भाउ आकाशिएपछि कुखुरापालन व्यवसायबाट केकति किसानपछि हटे भन्ने यकिन तथ्यांक पोल्ट्री व्यवसायी महासंघसँग छैन । तर, अहिले कुखुरापालक किसानको संख्या ठूलो परिमाणमा घटेको व्यवसायीहरू बताउँछन् । यही कारण ह्याचरी उद्योगहरूसमेत जटिल अवस्थामा पुगेका छन् । महासंघका महासचिव दिनेश मिश्रले दानाको मूल्य आकाशिएसँगै किसानहरूले कुखुरा पाल्न छाडेर चल्लाको माग एकाएक घटेपछि ह्याचरी उद्योगहरू समस्यामा परेको बताए । उनका अनुसार विगत ६ महीनादेखि कच्चा पदार्थको मूल्य निरन्तर बढेर अहिले २ गुनासम्मले बढेको छ र दानामा प्रतिकिलो ६ रुपैयाँका दरले मूल्य बढाइएको छ । ६० रुपैयाँ किलो पर्ने भटमास १ सय २० रुपैयाँ प्रतिकिलोसम्म पर्ने गरेको छ । २८ रुपैयाँ किलो पर्ने मकै ४० रुपैयाँसम्म पर्ने गरेको उनले सुनाए । सरकारले अहिले मकै र भटमास आयात गर्दा लाग्ने भन्सार शुल्क १ दशमलव ६ प्रतिशतबाट बढाएर १० प्रतिशतसम्म पुर्‍याएको छ । ‘दानाको ८० प्रतिशत कच्चा पदार्थका रूपमा प्रयोग हुने मकै र भटमासमा १० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने बाध्यताले पोल्ट्री व्यवसायी अझ बढी हतोत्साहित बनेका छन् । सरकारको यस्तो नियमले पोल्ट्री क्षेत्रलाई धराशयी बन्ने अवस्थामा पुर्‍याएको छ,’ उनले आर्थिक अभियान दैनिकसँग भने । नेपालमा दाना उत्पादन गर्न आवश्यक पर्ने ८० प्रतिशत मकै र करीब ९९ प्रतिशत भटमास अमेरिका, ब्राजिल र भारतलगायत देशबाट आयात गर्ने गरिन्छ । दानाको मूल्य अत्यधिक रूपमा बढेर कुखुरापालक किसान घटेपछि चल्लाको माग घटेसँगै ह्याचरी उद्योगहरूले चल्लाको उत्पादन लागतभन्दा आधाकम मूल्यमा चल्ला विक्री गर्नुपर्ने बाध्यता रहेको छ । नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलका अनुसार अहिले ब्रोइलर कखुराको एउटा चल्लाको उत्पादन लागत ५५ देखि ६० रुपैयाँसम्म पर्छ भने विक्री मूल्य २५ रुपैयाँमा झरेको छ । ७० रुपैयाँ लागत लाग्ने लेयर्स कुखुराको चल्ला ४० रुपैयाँमा विक्री गर्न पनि धौधौ परेको उनले बताए । त्यसैगरी ३५ रपैयाँ लागतमा उत्पादन हुने बोइलर चल्ला १० रुपैयाँमा बेच्दा पनि किन्ने मान्छे नभएको उनको अनुभव छ । एक समय ब्रोइलर चल्लाको विक्री मूल्य १ सय १० रुपैयाँसम्म हुने गरेको थियो । विगत ५ महीनादेखि नेपालको पोल्ट्री क्षेत्र ओरालो लागिरहेको उनले जानकारी दिए । नेपाली पोल्ट्री बजारमा सामान्य अवस्थामा प्रतिहप्ता ४२ लाख चल्लाको माग हुने गरेको थियो । हाल यो परिमाण घटेर ३० लाखमा झरेको छ । अहिले यसरी मूल्य घट्नुको पछाडि कुखुरा पालनमा बढी जोखिमका कारण किसानहरूको कम आकर्षण हुनु पनि एउटा प्रमुख कारणका रूपमा रहेको सरोकारवालाहरू बताउँछन् ।

पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर, मल कारखाना खोल्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । सरकारले दूध, बटर (घ्यू), अण्डा र मासुमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको छ । सरकारले आज विशेष कार्यक्रम गरी यी वस्तुहरुमा आत्मनिर्भर भएको जनाएको हो । पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा हुँदा देशलाई अगाडि बढाउन सफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । हरेक दिन नयाँ उपलब्धी हासिल गर्दै नयाँ उचाइ लिएर अगाडि बढिरहेको पनि प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो । यद्यपी सरकारले पशुजन्य वस्तुमा आत्मनिर्भर भएको घोषणा गरेपनि तथ्यांकले भने नेपालमा अझै पनि सोही प्रकृतिका वस्तु आयात भइरहेको देखाएको छ । भन्सार तथ्यांकअनुसार १ अर्ब ३३ करोड १८ लाखको दूध र अण्डा आयात भएको छ । एक करोड ८५ लाखको मासु आयात भएको छ । यी वस्तुहरुको निर्यात भने नगन्य अवस्थामा छ। साथै कुखुरा तथा गाईभैँसीलाई आवश्यक पर्ने दाना (आहार) समेत नेपालमा उत्पादनभन्दा आयात नै धेरै हुने गरेको छ । मल कारखाना खोल्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने भन्दै विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो । कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानहरुलाई तालिम दिन जरुरी रहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखाना, यस सम्बन्धमा छलफल भइरहेको छ। हामी महंगो पर्छ भने पनि केही छैन, एउटा प्रोजेक्ट नै डेडिकेटेड गरीदिन सक्छौँ मल कारखानाका लागि । प्रोजेक्ट नै डेडिकेटेड गरिदिएपछि त्यसमा नाफा, नोक्सान भन्नेकुरा भएन त्यो प्रोजेक्ट सञ्चालन गरेर मल कारखानाको लागि खपत गर्ने हो। कृषि मन्त्रालयले मल उत्पादन तर्फपनि किसानहरुलाई तालिम दिन जरुरी छ ।’

पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर घोषणा

नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा भएको छ । बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा नेपाल कुखुराको मासु, खसीको मासु र अण्डामा पूर्ण आत्मनिर्भर भएको घोषणा भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली राजधानीमा  आज आयाेजित एक कर्यक्रममा साे कुराकाे घाेषणा गर्नु भएकाे हाे । देशको हाल रहेको कुल ग्राहस्थ उत्पादनदर १३.५ प्रतिशतबाट थप वृद्धि हुने पनि मन्त्रालयले जनाएको छ ।

अण्डा, मासु, धूलो दूध र बटरमा नेपाल आत्मनिर्भर

सरकारले अण्डा, मासु, धुलो दूध र दूधजन्य पदार्थ बटरमा आत्मनिर्भर भएको घोषणा गरेको छ।

पशुजन्य उत्पादनको आयातमा बाहिरिन्छ अर्बौं रुपैयाँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (विहीबार) पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गर्दैछन् । तर, प्रधानमन्त्रीको घोषणालाई सरकारकै आयात–निर्यातको तथ्यांक राख्ने भन्सार विभागको तथ्यांकले गिज्याएको देखिन्छ । विज्ञहरुले प्रधानमन्त्रीको घोषणालाई ‘ सस्तो लोकप्रियताका लागि हतारमा गरिएको नाटक’को संज्ञा दिएका ...

नेपाल पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा हुँदै

काठमाडौं : सरकारले पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गर्दैछ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) बिहान १० बजे स्टाफ कलेज, जावलाखेलमा आयोजना हुने एक कार्यक्रममा धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेका हुन्‌।धुलो दूध, बटर, मासु र अण्डा आयात शून्यमा झरेको र नेपालमा भएको उत्पादन नै पर्याप्त हुने गरेको मन्त्रालयले दाबी गरेको छ। नेपालमा धुलो दूध ३ हजार मेट्रिकटन माग रहेको र उत्पादन ३ हजार ४ सय