आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु सफल प्रत्यारोपण गरिएका विश्वका पहिलो व्यक्तिको निधन भएको छ। अमेरिकाका डेविड बेनेट नाम गरेका व्यक्तिमा आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु दुई महिना पहिले सफल प्रत्यारोपण गरिएको थियो। केही दिनअघिदेखि उनको अवस्था कमजोर हुँदै गएको थियो। बाल्टिमोरमा उपचारका क्रममा ५७ वर्षीय बेनेटको मंगलबार (मार्च ८) मा निधन भएको चिकित्सकले […]