सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको निधन भएको छ। युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा मङ्गलबार दिउँसो ५७ वर्षीय डेभिड बेनेटको मृत्यु भएको हो। उनमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु गत जनवरीमा प्रत्यारोपण गरिएको थियो।
सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको यो नै विश्वमा पहिलो घटना हो। अस्पतालका अधिकारीहरूले थप परीक्षण बाँकी रहेकाले उनको…