सुँगुरको मुटु प्रत्यारोपण गरेका विश्वकै पहिलो व्यक्तिको २ महिनापछि मृत्यु भएको छ । अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा मङ्गलबार दिउँसो उनको मृत्यु भएको हो । मेरिल्यान्डमा बस्ने ५७ वर्षीय डेभिड बेनेटको दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो । मेरिल्यान्ड विश्वविद्यालय, बाल्टिमोर अस्पतालले जारी गरेको विज्ञप्तिकाअनुसार केही दिनदेखि बेनेटको स्वास्थ्य अवस्था खस्किएको थियो । […]