साउनमा क्युआर कोडबाट ५ अर्ब ५६ करोड कारोबार, वालेटबाट हुने कारोबार १४ अर्ब बढी

क्युआर कोडमार्फत हुने कारोबार नयाँ रेकर्ड कायम भएको छ । गएको साउन महिनामा मात्रै क्युआर कोडबाट ५ अर्ब ५६ करोड रूपैयाँ भुक्तानी भएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा क्युआर कोडबाट ५ अर्ब ५६ करोड भुक्तानी भएको छ । साउनमा क्युआर कोड स्क्यान गरेर १२ लाख ९३ हजार ३४९ वटा...

सम्बन्धित सामग्री

न्युबिज समिट एण्ड अवार्ड्समा प्यानल डिस्कसन : कसले के भने ?

काठमाडौं । न्यू बिजनेश एजले शुक्रवार (आज) आयोजना गरेको न्यूबिज समिट एण्ड अवार्ड्सअन्तर्गत प्यानल डिस्कसन सकिएको छ ।  ‘टुवार्ड्स स्टार्टअप नेशन’ थिममा भएको प्यानल डिस्कसनमा उद्योग विभागका महानिर्देशक बाबुराम गौतम, आर एण्ड डी इन्नोभेटिभ सोलुसन प्रालिकी फाउन्डर सुनिता न्हेमाफुकी, उपायका को–फाउन्डर राहुल मल्ल ठकुरी वक्ताका रूपमा सहभागी भए । यसको सहजीकरण भिकासा टेकका को–फाउन्डर एवं हेड अफ अपरेशन अस्मोद कार्कीले गरे ।  प्यानल डिस्कसन अघि सस्तो डिलका प्रबन्ध निर्देशक अमन थापाले स्टार्टअप बिजनेश गर्दा आफूले भोगेका केही अनुभव सुनाए । ‘आत्मविश्वासका साथ उद्यममा लाग्नुपर्छ, अनेक समस्या आए पनि,’ उनले भने । त्यसपछि सहजकर्ता कार्कीले सुनितालाई प्रश्न गरे– स्टार्टअप युनिकर्न हुनका लागि लगानी, कोषको कुरा कसरी हुन्छ ? कृषिको घट्दो छ, सेवाको बढ्दो छ, यसमा कृषि क्षेत्रमा कसरी ल्याउन सकिन्छ ? सुनिताले जवाफ दिइन्– कृषिमा लाग्ने गरीब हुन्छन्, लगानी हुँदैन, उद्यम पनि हुँदैन भन्ने भाष्य अहिले पनि समाजमा छ । विश्वमा कृषिपछि उद्योग र सेवा छ । तर, नेपालमा कृषिबाट एकैपटक ५ नम्बरमा अर्गानिक उत्पादन पर्छ । अर्गानिकका लागि नेपाल प्रमुख पर्छ । कृषिका उत्पादनलाई उद्योगसँग जोड्नुपर्छ । कृषिलाई उद्योगसँग जोड्नका लागि कृषिमा लागेको हो । उद्योगसँग जोड्नका लागि कसैले पैरबी गर्नुपर्छ भन्ने हो । खाद्य उद्योगको महत्त्व बढेको छ । कृषिमा लाग्नेहरूलाई सहयोग गर्न हामी छौं । उद्यमी जन्माउनका लागि काम गरिरहेका छौं ।  कार्कीले राहुललाई सोधे– नेपालजस्तो ठाउँमा सडकको अवस्था, प्रविधिमा कसरी काम गरेको छ ?  उनले जवाफ दिए– ४ वर्ष भयो शुरु भएको । सन् २०१८ को अन्तिमतिर प्रविधिको उपयोग, स्मार्टफोन, इन्टरनेटको प्रयोग बढ्दो थियो । नेपालमा लजिष्टिकबाहेक अन्यमा प्रविधिको उपयोग राम्रो थियो । ई–कमर्शबाट फुड अन्य सर्भिस थियो । शुरु गर्नुभन्दा पहिला निकै अनुसन्धान तथा अध्ययन गरिएको थियो । ढुवानी गाडीहरूलाई बुक गरेर शुरु गरिएको व्यवसाय हो ।  कार्कीले गौतमलाई प्रश्न गरे– व्यापार तथा निर्यात प्रवर्द्धन गर्न सरकारी निकायसमेत छ, मान्छे पठाउने भएको छ, सरकारले मान्छे मात्रै पठाउने हो ?  गौतमले जवाफ दिए– २/३ ओटा प्याक्टर हुनुपर्छ । इकोसिस्टमको प्रमुख तत्व सरकार हो । अर्काे माइन्डसेट पनि हो । सक्षम जनशक्तिलाई निर्यात गर्ने नीतिमा ग्याप छ । स्टार्टअप नीतिमा काम भइरहेको छ । स्टार्टअप उद्यम कर्जाको काम विभागले पाएको छ । बीउ पुँजीको रूपमा सघाउने गरी कर्जा दिने भनिएको छ । त्यसअनुसार काम भइरहेको छ । बिजनेश एकातिर, आइडिया अर्काेतिर छ । स्टार्टअप इकोसिस्टममा सरकारले काम गरिरहेको छ ।  कार्कीले फेरि गौतमलाई प्रश्न गरे– स्टार्टअप फन्ड बनाउने गरेर २०१६ मा आयो । भारतमा युनिकर्न बन्न साढे सात वर्ष लाग्ने रहेछ, हाम्रो नीति बल्ल कार्यान्वयनमा आयो । यो कार्यविधि किन महत्त्वपूर्ण छ ?  गौतमले भने– परिभाषा सरकारले तयार गरेको छ । सरकारले कर्जा दिने प्रयोजनको कार्यविधि हो । ५० लाख रुपैयाँको कारोबार, स्थिर पुँजी २ करोड रुपैयाँ, इनोभेसनलगायतका प्रावधान तोकिएका थिए । प्रडक्ट तथा सर्भिसले समाजले भोगेका समस्याको समाधान गर्ने पनि हुने । मुल्यांकनको पाटो पनि छन् । १० वर्षदेखि सुनिँदै आएको हो । अर्थ मन्त्रालय, योजना आयोगमा ७०० निवेदन अहिले पनि पेन्डिङ छन् ।  कार्कीले सुनितालाई प्रश्न गरे– कृषिलाई प्रविधिसँग जोड्नु भएको छ ?  सुनिताले भनिन् – काममा लाग्दा अध्ययन पनि शुरु गरौं । अध्ययन नगरेर बजारसँग प्रतिस्पर्धा गर्न सकिन्न । बंगलादेश र भारतबाट प्रभावित भएकी हुँ । भारतमा कसरी कृषिमा प्रविधिको विकास भएको छ भन्ने विषयमा । बैंकलाई खोला भएको जग्गा हुँदै हुँदैन । तर, कृषिलाई खोला भएको जग्गा नै चाहिन्छ । कम आम्दानी भएकालाई कृषि पहिलो उद्यम हो । कृषि मासिकबाट काम गरें । किसानलाई पेपरबाट सूचना पुर्याए । कोभिडको बेलामा प्रविधिको प्रयोग छिटो छिटो विस्तार भयो । किसान क्रेडिट कार्ड, क्युआर कोड लागू भयो । एउटा वडामा एक जना उद्यमी जन्माइयो भने किसान क्रेडिट कार्ड लागू गर्न सकियो । बैंकसँग सहकार्य गरे । सफ्टवेयरमा भएका कम्पनीलाई पार्टनर बनाइयो र अहिले सरकारले पनि मान्यता दिँदैछ । कृषिमा आउनका लागि अफ्रिका र भारत भ्रमण गरौं ।  कार्कीले राहुललाई प्रश्न गरे– फण्ड पाउन कत्तिको सजिलो छ ? राहुलले उत्तर दिए– बन्दाबन्दीअघि बिजनेश रन गरेको १ वर्ष भइसकेको थियो । फण्ड जुटाउनका लागि विभिन्न संस्थाहरूसँग सहकार्य गरिएको थियो । डोल्मासँग सञ्चालनका लागि सहयोग भयो । डोल्मासँग सेक्टर मिल्दा लगानीमा समस्या भएन । लगानी गर्दा कहाँ गर्ने, कसरी गर्ने, फन्ड उठाउँदा उनीहरूको इच्छा कता छ भन्ने कुरा पनि ख्याल गरौं । समूह पनि उत्तिकै महत्त्वपूर्ण हुने र विश्वास गर्ने टिम पनि जरुरी हुन्छ । अन्तरराष्ट्रिय लगानीकर्ताहरूले पनि जोखिम हेरेका हुन्छन्, यसमा पनि गृहकार्य गर्दा लगानी उठाउन अप्ठ्यारो हुँदैन ।  कार्कीले प्रश्न गरे– धेरैजसो युवाहरू बाहिर छन् । एफडीआई ५ करोडबाट घटेर २ करोडमा आयो । एफडीआईको सीमा घटाउने हो ? गौतमले भने– फण्ड स्टार्टअपमा मात्रै नभई अन्यमा पनि छ । लगानी त्यत्तिकै पाइँदैन । सबै स्टोरी सक्सेस हुँदैन । सरकारले नीति बनाउँदा निजी क्षेत्रलाई सोधेर र संयुक्तरूपमा बनाइन्छ । एफडीआई घटाउने/बढाउने भनिएको छ, स्टार्टअप र आईडीया भएमा ३०.५० लाख ल्याउने भन्नेमा छलफल छ । २ करोड भनिए पनि रेस्टुरेन्टमा लगानी देखिएको छ ।  कार्यक्रममा सहभागीहरूले पनि प्यानल स्पिकरलाई प्रश्न गरेका थिए । सहभागी सन्तोष देवकोटाले  गौतमलाई प्रश्न गरे– नेपाली लगानीको संस्कार कस्तो छ भने बनिबनाउ विषयमा लगानी गर्ने हाबी छन् । नेपाली समाज सुहाउँदो आइडियामा काम भएको छैन, सोच नै छैन । दुर्भाग्य हो । शुरुवाती बिजनेश उद्यम गर्नेलाई सरकारले कसरी सघाएको छ ?  गौतमले जवाफ दिए– सबै स्टार्टअपलाई इकोस्टम संस्कारको आवश्यक छ । यो घरबाट नै शुरु हुनुपर्छ । इकोसिस्टमको ७८ ओटा तत्व छन् । धेरै राम्रा स्टार्टअप पनि छन् । स्टार्टअप भनेर केन्द्रित नभए पनि बिजनेशका लागि नेपालमा नीतिनियम छन् । अब आउने नीति तथा कार्यक्रमले सम्बोधन गर्ने गरी नै नीति मस्यौदा भएको छ । अर्का सहभागी कुवेर पाठकले सुनितासमक्ष जिज्ञासा राखे– यो पुस्ताले कुन समयमा कुन खेती गर्ने भन्ने बिर्सिए । ७ वर्षमा धेरै जमिन बाँझो बन्दैछ, अहिलेका युवालाई कृषिमा आकर्षित गर्न सकिँदैन ?  सुनिताले जवाफ दिइन्– इजरायलमा ३ प्रतिशत कृषक छन्, उनीहरूले निर्यात गर्छन् । इन्जिनियर लगायतका पेशामा भएका पनि कृषि संलग्न छन् । कृषिमा दुःख हुन्छ भनेर कृषिमा नलागेको सोच छ यहाँ । यसलाई उद्योगसँग जोड्न आवश्यक छ ।   अर्का सहभागी गोविन्द चापागाईंले गौतमलाई प्रश्न गरे– लगानी छैन भन्ने कुरा आएन । तर, समन्वय भएन भन्ने कुरा हो । माइक्रोफाइनान्सको ४ खर्ब लगानी कृषिमा छ । पैसा दियो तर, परियोजना दिएन भन्ने कुरा अहिले आएको छ, छरिएको पैसालाई कसरी उपयोग गर्ने भन्ने सरकारले के कसरी सघाउँछ ?  गौतमले जवाफ दिए– साना, महिला, लघु उद्यमको २२ अर्ब रुपैयाँ सोधभर्ना भएको छ । निजी क्षेत्रले नै गर्नुपर्छ, सरकारले सघाउँछ ।

क्युआर पेमेन्टमा बढ्दो आकर्षण, ७ महीनामा १७९ प्रतिशतले बढ्यो कारोबार

काठमाडौं । पछिल्लो समय क्युआरबाट हुने कारोबार वर्षेनी बढ्दो छ । नेपाल राष्ट्र बैंकले क्युआरबाट निःशुल्क भुक्तानी गर्ने व्यवस्था लागू गरेपछि यसको कारोबार बढेको हो । पछिल्लो समय नेपालमा तरकारी किन्नदेखि कलेजको फि तिर्न, बिमाको शुल्क भुक्तानी गर्न, मन्दिरमा भेटी चढाउनसम्म क्युआरबाट भुक्तानी गर्ने गरेको पाइन्छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो सात महीनामा क्युआरबाट १ खर्ब १७ अर्ब ४६ करोड रुपैयाँ कारोबार भएको छ । यो आव २०७८/७९ को सोही अवधिको तुलनामा १७९.२१ प्रतिशत बढी हो । आव २०७८/७९ को सोही अवधिमा क्युआरबाट ४२ अर्ब ७ करोड रुपैयाँ कारोबार भएको थियो । आव २०७७/७८ मा क्युआरबाट २० अर्ब २८ करोड रुपैयाँ कारोबार भएको थियो ।  राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल राष्ट्र बैंकले नीतिगत सहजीकरण गरी क्युआरबाट निःशुल्क भुक्तानीको व्यवस्था लागू गरेपछि यसको कारोबार बढिरहेको बताउँछन् । ‘अहिले मुलुकभर नै १६ लाखभन्दा बढी मर्चेन्टहरूले क्युआर स्टयाण्ड छन् । त्यसैले निकट भविष्यमा क्युआरबाट हुने कारोबार अझ बढ्ने देखिन्छ,’ उनले भने ।  माई–पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहता अहिले क्युआरबाट हुने कारोबार बढे पनि धेरैजसो कारोबार काठमाडौं उपत्यकामा मात्र केन्द्रित भएको बताउँछन् । त्यसैले मुलुकभर नै क्युआरबाट हुने कारोबारलाई प्रोत्साहन गर्न सरकारी कार्यालयमा हुने सबै किसिमका भुक्तानीहरू क्युआरबाट मात्र हुनुपर्ने नीति ल्याउन आवश्यक रहेको उनको तर्क छ ।  ‘क्युआरबाट भुक्तानी गर्न इन्टरनेट अनिवार्य चाहिने भएकाले प्रयोगकर्ताहरूले भुक्तानी गर्न चर्काे शुल्कमा मोबाइल डेटाबाट इन्टरनेट प्रयोग गरी भुक्तानी गर्नु पर्ने बाध्यात्मक अवस्था छ । त्यसैले क्युआरबाट भुक्तानी गर्दा इन्टरनेटमा केही सहुलियत दिन सके कारोबार अझ बढ्ने देखिन्छ,’ मेहता भन्छन्, ‘क्युआरबाट हुने भुक्तानी बढ्दा सरकारको पैसा छाप्न प्रयोग हुने अर्बाैं रुपैयाँ पनि जोगिनुका साथै पैसा पनि सिस्टममा नै रहन्छ ।’

जेठमा क्युआरबाट ११ अर्बको कारोबार हुँदा वालेट र मोबाइल बैंकिङबाट कति भयो ?

जेठ महिनामा क्युआर कोड स्क्यान गरेर ११ अर्ब १ करोड ५० लाख भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठमा क्युआर कोडबाट ११ अर्ब बढीको कारोबार भएको हो ।  गत वैशाखमा भने क्युआर कोड स्क्यान गरेर १० अर्ब १९ करोड १० लाख रूपैयाँ भुक्तानी भएको थियो । एक महिनामा क्युआरबाट हुने कारोबार ८२ करोडले वृद्धि भएको छ ।  तथ्यांकअनुसार जेठ महिनामा डिजिटल माध्यमबाट हुने...

मङ्सिरमा कनेक्ट आईपीएसबाट २ खर्ब बढीको कारोबार, एटिएमबाट ५९ अर्ब निकालियो

मङ्सिर महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब बढी कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मङ्सिर महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब २८ अर्बको कारोबार भएको हो । कार्तिक महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब ३ अर्बको कारोबार भएको थियो । राष्ट्र बैंकका अनुसार मङ्सिर महिनासम्ममा  कनेक्ट आईपीएसका ग्राहक ७ लाख ४० हजार पुगेका छन् । कार्तिक महिनामा यो संख्यामा ७ लाख १६ हजार थियो । त्यस्तै मङ्सिरमा वालेटमार्फत १५ अर्ब ५२ करोडको कारोबार भएको छ । कार्तिक महिनामा यो रकम १३ अर्ब ९४ करोड रहेको थियो । क्युआर कोड मार्फत भने मङ्सिरमा ६ अर्ब २८ करोडको कारोबार भएको छ । कार्तिकमा क्युआर कोड मार्फत भएको कारोबार ५ अर्ब ३६ करोड रहेको थियो । मङ्सिर महिनामा एटिएम मार्फत हुने कारोबार भने घटेको छ । कार्तिकमा एटिएमबाट ६२ अर्ब ८१ करोड नगद निकालिएकोमा मङ्सिरमा भने ५९ अर्ब ९० करोड नगद निकालिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

एक महिनामा क्युआरबाट ६ अर्ब र वालेटबाट १५ अर्बको कारोबार

एक महिनामा क्युआर कोडबाट ६ अर्ब भन्दा बढी रूपैयाँको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार असोज महिनामा क्युआर कोडबाट हुने भुक्तानी ६ अर्ब ९ करोड ६० लाख पुगेको हो । भदौमा क्युआरबाट ५ अर्ब ८५ करोड रूपैयाँ कारोबार भएको थियो । पछिल्लो समय क्युआर कोड स्क्यान गरी हुने कारोबारमा वृद्धि हुँदै गएको छ । साथै नेपाल राष्ट्र बैंकले पनि क्युआर...

निषेधाज्ञा लागू भएसँगै घट्यो डिजिटलमार्फत भुक्तानी हुने कारोबार

असार २, काठमाडौं । गत वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणालीमार्फत हुने कारोबार रकममा कमी आएको छ । नषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारी भएसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो ।   नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत चैतको तुलनामा वैशाखमा मात्र कारोबार रकममा रू. साढे दुई अर्बभन्दा बढीले कमी आएको छ । निषेधाज्ञा शुरु हुनुअघि डिजिटल कारोबार लगातार बढिरहे पनि निषेधाज्ञा शुरु भएसँगै कारोबारको संख्या र परिमाण घटेको राष्ट्र बैंकको तथ्यांकमा छ । निषेधाज्ञा लागू भएसँगै कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोबार रकममा कमी आएको हो । गत चैतमा डिजिटल भुक्तानीमार्फत रू. एक खर्ब ६६ अर्ब ८१ करोडभन्दा बढीको कारोबार भएकोमा वैशाखमा उक्त कारोबार रकममा कमी आई रू. एक खर्ब ६४ अर्ब ७५ करोड बराबरको कारोबार भएको छ । गत वर्षकोे निषेधाज्ञासँगै कारोबार रकममा वृद्धि हुँदै आएकोमा निषेधाज्ञा लागू भएसँगै कारोबार रकममा कमी आएको हो । कुनको कति रकम घट्यो ? राष्ट्र बैंकको तथ्यांकअनुसार गत चैतकोे तुलनामा कनेक्ट आइपिएसमार्फत हुने कारोबार रकममा रू. ९३ करोड २० लाखले कमी आएकोे छ । वैशाखमा कनेक्ट आइपिएसमार्फत रू. एक खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोबार भएको छ ।  गत चैतमा रू. एक खर्ब ४१ अर्ब ८० करोढ २० लाख बराबरको कारोबार भएको थियो भने फागुनमा रू. एक खर्ब १० अर्ब ५७ करोड २० लाख बराबरको कारोबार भएको थियो । चैतमा २० लाख ३८ हजार ४६५ पटक कनेक्ट आइपिएसको प्रयोेग भएकोमा वैशाखमा १८ लाख ४३ हजार ५५१ पटक मात्र कारोबार भएको छ । यस्तै गत चैतकोे तुलनामा इन्टरनेट बैंकिङमार्फत हुने कारोबार रकममा समेत कमी आएको छ ।  वैशाखमा रू. दश अर्ब ८० करोड बराबरको कारोबार भएकोमा गत चैतमा रू. दश अर्ब २१ करोड पाँच लाख बराबरको कारोबार भएको थियो । गत चैतमा वालेटमार्फत रू. ११ अर्ब २१ लाख बराबरको कारोबार भएकोमा वैशाखमा रू. १० अर्ब १० लाख बराबरको कारोबार भएको छ । क्युआरमा आधारित भुक्तानीमार्फत गत चैतमा रू. दुई अर्ब ७२ करोड २२ लाख बराबरको कारोबार भएकोमा वैशाखमा रू. दुई अर्ब ५२ करोड ९० लाख कारोबार भएको छ । यस्तै गत चैतमा अनलाइन (इ–कमर्स) का माध्यमबाट रू. दश अर्ब ५८ करोड बराबरको कारोबार भएकोमा वैशाखमा कारोबार रकममा कमी आई रू. ७६ करोड ८० लाख बराबरको कारोबार भएको छ । अन्य डिजिटल माध्यमबाट गत चैतको तुलनामा वैशाखमा कारोबार रकममा कमी आए तापनि मोबाइल बैंकिङमार्फत हुने कारोबार रकममा केही वृद्धि भएको छ । गत चैतमा मोबाइल बैंङिमार्फत रू. ४८ अर्ब ६५ करोड २० लाख बराबरको कारोबार भएकोमा वैशाखमा रू. ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोबार भएको छ । गत चैतको तुलनामा वैशाखमा रू. २३ करोड ५० लाख बराबरले वृद्धि भएको छ । रासस

डिजिटल भुक्तानीमा क्रान्ति : तरकारी किन्न क्युआर कोड

कात्तिकमा ९३ करोड रुपैयाँ भुक्तानी क्युआर कोडबाट भएकोमा मंसिरमा बढेर १ अर्ब २५ करोडको कारोबार भएको