निषेधाज्ञा लागू भएसँगै घट्यो डिजिटलमार्फत भुक्तानी हुने कारोबार

असार २, काठमाडौं । गत वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणालीमार्फत हुने कारोबार रकममा कमी आएको छ । नषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारी भएसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो ।   नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत चैतको तुलनामा वैशाखमा मात्र कारोबार रकममा रू. साढे दुई अर्बभन्दा बढीले कमी आएको छ । निषेधाज्ञा शुरु हुनुअघि डिजिटल कारोबार लगातार बढिरहे पनि निषेधाज्ञा शुरु भएसँगै कारोबारको संख्या र परिमाण घटेको राष्ट्र बैंकको तथ्यांकमा छ । निषेधाज्ञा लागू भएसँगै कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोबार रकममा कमी आएको हो । गत चैतमा डिजिटल भुक्तानीमार्फत रू. एक खर्ब ६६ अर्ब ८१ करोडभन्दा बढीको कारोबार भएकोमा वैशाखमा उक्त कारोबार रकममा कमी आई रू. एक खर्ब ६४ अर्ब ७५ करोड बराबरको कारोबार भएको छ । गत वर्षकोे निषेधाज्ञासँगै कारोबार रकममा वृद्धि हुँदै आएकोमा निषेधाज्ञा लागू भएसँगै कारोबार रकममा कमी आएको हो । कुनको कति रकम घट्यो ? राष्ट्र बैंकको तथ्यांकअनुसार गत चैतकोे तुलनामा कनेक्ट आइपिएसमार्फत हुने कारोबार रकममा रू. ९३ करोड २० लाखले कमी आएकोे छ । वैशाखमा कनेक्ट आइपिएसमार्फत रू. एक खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोबार भएको छ ।  गत चैतमा रू. एक खर्ब ४१ अर्ब ८० करोढ २० लाख बराबरको कारोबार भएको थियो भने फागुनमा रू. एक खर्ब १० अर्ब ५७ करोड २० लाख बराबरको कारोबार भएको थियो । चैतमा २० लाख ३८ हजार ४६५ पटक कनेक्ट आइपिएसको प्रयोेग भएकोमा वैशाखमा १८ लाख ४३ हजार ५५१ पटक मात्र कारोबार भएको छ । यस्तै गत चैतकोे तुलनामा इन्टरनेट बैंकिङमार्फत हुने कारोबार रकममा समेत कमी आएको छ ।  वैशाखमा रू. दश अर्ब ८० करोड बराबरको कारोबार भएकोमा गत चैतमा रू. दश अर्ब २१ करोड पाँच लाख बराबरको कारोबार भएको थियो । गत चैतमा वालेटमार्फत रू. ११ अर्ब २१ लाख बराबरको कारोबार भएकोमा वैशाखमा रू. १० अर्ब १० लाख बराबरको कारोबार भएको छ । क्युआरमा आधारित भुक्तानीमार्फत गत चैतमा रू. दुई अर्ब ७२ करोड २२ लाख बराबरको कारोबार भएकोमा वैशाखमा रू. दुई अर्ब ५२ करोड ९० लाख कारोबार भएको छ । यस्तै गत चैतमा अनलाइन (इ–कमर्स) का माध्यमबाट रू. दश अर्ब ५८ करोड बराबरको कारोबार भएकोमा वैशाखमा कारोबार रकममा कमी आई रू. ७६ करोड ८० लाख बराबरको कारोबार भएको छ । अन्य डिजिटल माध्यमबाट गत चैतको तुलनामा वैशाखमा कारोबार रकममा कमी आए तापनि मोबाइल बैंकिङमार्फत हुने कारोबार रकममा केही वृद्धि भएको छ । गत चैतमा मोबाइल बैंङिमार्फत रू. ४८ अर्ब ६५ करोड २० लाख बराबरको कारोबार भएकोमा वैशाखमा रू. ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोबार भएको छ । गत चैतको तुलनामा वैशाखमा रू. २३ करोड ५० लाख बराबरले वृद्धि भएको छ । रासस

सम्बन्धित सामग्री

विद्युतीय भुक्तानी कारोबारमा गुणात्मक वृद्धि

काठमाडौं । नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गत आर्थिक वर्ष जेठसम्मको तथ्यांकअनुसार विद्युतीय भुक्तानीको संख्या र परिमाण गुणात्मक रूपमा बढेको देखिएको छ । केन्द्रीय बैंकका अनुसार ठूलो कारोबारका राफसाफका लागि सञ्चालनमा ल्याइएको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) कनेक्ट आईपीएस र मोबाइल बैंकिङमार्फत हुने कारोबारमा उच्च वृद्धि भएको छ । यी उपकरणको माध्यमबाट २०७७ जेठसम्ममा १६ खर्ब ३८ अर्ब १० करोड ४० लाख बराबरको कारोबार भएकोमा २०७८ जेठसम्ममा २१ खर्ब १२ अर्ब ४० करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसमा आरजीटीएस, कनेक्ट आईपीएस र मोबाइल बैंकिङको ठूलो हिस्सा छ । तथ्यांक अनुसार २०७७ जेठमा कनेक्ट आईपीएसबाट ६ लाख ९६ हजार ५३८ पटक कारोबार भएकोमा २०७८ जेठमा २० लाख १६ हजार ६४८ पुगेको छ । नेपाल राष्ट्र बैंकले अभियानकै रूपमा सञ्चालन गरेको क्विक रेस्पोन्स (क्यूआर)मा आधारित कारोबारमा पनि बढेको छ । क्विक रेस्पोन्समा आधारित भुक्तानी २०७७ असार मसान्तमा १ लाख ९५ हजार १६ ओटा भएको थियो, जुन २०७८ जेठ मसान्तमा ५ लाख २ हजार ६६६ पुगेको छ ।      यसैगरी २०७७ जेठमा मोबाइल बैंकिङमार्फत ५८ लाख १७ हजार ६८१ पटक कारोबार भएकोमा बढेर २०७८ जेठ मसान्तमा १ करोड १० लाखभन्दा माथि पुगेको छ । वालेटमार्फत हुने कारोबार भने केही घटेको छ । २०७७ जेठमा १ करोड १ लाख ७९ हजार ५५७ पटक कारोबार भएकोमा २०७८ जेठ मसान्तमा ९७ लाख ५० हजार ६५ मा सीमित छ ।     कोरोनाका कारण २०७६ चैतदेखि २०७७ साउनसम्म देशव्यापी लकडाउन लागू भयो । यस्तै २०७८ वैशाख १६ गतेदेखि २०७७ असारको दोस्रो सातासम्म देशव्यापी निषेधाज्ञा लागू भयो । कोरोनाका कारण बैंक तथा वित्तीय संस्थामा भौतिक रूपमा उपस्थित भएर कारोबार गर्न नपाएपछि आम मानिसले विद्युतीय कारोबारलाई नै प्राथमिकता दिएका छन् । विद्युतीय कारोबार सहज र सस्तो भएकाले पनि मानिसको आकर्षण बढेको देखिन्छ । राष्ट्र बैंकको विवरणअनुसार कनेक्ट आईपीसमार्फत हुने कारोबार १ खर्ब भन्दा बढीले भएको छ ।      २०७७ जेठ मसान्तमा ५१ अर्ब ३० करोड ६० लाख बराबरको कारोबार कनेक्ट आईपीएसमार्फत भएकोमा २०७८ जेठ मसान्तसम्ममा १ खर्ब ५८ अर्ब २५ करोड ४० लाख बराबर पुगेको छ । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान प्रधानका अनुसार ग्राहकमा बढ्दै गएको प्रविधिप्रतिको जागरुकता तथा कोरोनाका कारण पनि विद्युतीय कारोबारमा वृद्धि भएको हो । सरकार, नेपाल राष्ट्र बैंक र सम्बद्ध अन्य निकायको सार्थक प्रयासले नगदरहित कारोबार बढेको उनको भनाइ छ । सबै क्षेत्रमा सहज रूपमा विद्युतीय कारोबार हुने र स्वीकार्य हुने अवस्था बनेमा नगद कारोबारलाई न्यून विन्दुमा झार्न सकिने उनले बताए । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तसम्म ५८ करोड ९० लाख रुपैयाँ बराबरको भुक्तानी क्यूआरकोडमार्फत भएको थियो । २०७८ जेठ मसान्तसम्ममा त्यो बढेर १ अर्ब ९६ करोड ८० लाख पुगेको छ । यसले पनि ग्राहकहरू प्रविधिको प्रयोगमा अध्यस्त हुँदै गएको देखिन्छ । नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली नेपाल राष्ट्र बैंकले सहज रूपमा नीतिगत व्यवस्था गरिदिएको तथा नागरिकमा आएको जागरुकताका कारण विद्युतीय कारोबार बढेको बताउँछन् । क्यूआर कोड प्रयोग गर्ने क्रम बढ्दै जाँदा त्यसले समाजमा समेत सकारात्मक प्रभाव पारेको छ । खुद्रा पसल, तरकारी बजार तथा सामान्य व्यवसायमा समेत क्यूआर कोड प्रयोगमा वृद्धि भएको छ । रासस

निषेधाज्ञामा डिजिटल कारोबार : भुक्तानी रकममा वृद्धि

असार ३१, काठमाडौं । निषेधाज्ञाका समयमा डिजिटल भुक्तानीको कारोबार रकममा वृद्धि भएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबारमा कमी आएको थियो । गत वैशाखदेखि उपत्यकाका तीन जिल्लालगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा भुक्तानी रकममा कमी आएकामा जेठमा रकममा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महीनाको देशका वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत वैशाखको तुलनामा जेठमा कारोबार रकममा वृद्धि भएको हो ।             राष्ट्र बैंकको तथ्याङ्कअनुसार जेठमा कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ । गत महीनाको तुलनामा जेठमा क्यूआर स्क्यान, मोबाइल वालेट र ई–कमर्समार्फत हुने कारोबार रकममा कमी आएको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा मात्र कनेक्ट आईपीएसमार्फत १ अर्ब ६९ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । जेठमा १ खर्ब ५८ अर्ब २५ लाख ४० हजार रुपैयाँभन्दा बढीको कारोबार भएकामा वैशाखमा १ खर्ब ४१ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।             इन्टरनेट बैंकिङमार्फत गत वैशाखमा १० अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएकामा जेठमा ११ अर्ब १४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार छ । गत वैशाखको तुलनामा जेठमा १ अर्ब ६२ करोड  रुपैयाँभन्दा  बढीको कारोबार भएको छ । मोबाइल बैंकिङमार्फत गत वैशाखमा ४८ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएकामा जेठमा  ५३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वैशाखको तुलनामा जेठमा मोबाइल बैंकिङमार्फत ४ अर्ब २७ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।            घट्यो वालेटको कारोवार             वालेटमार्फत गत वैशाखमा १० अर्ब १० लाख  रुपैयाँ बराबरको कारोवार भएकामा जेठमा ८ अर्ब ३५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वैशाख महीनाको तुलनामा जेठमा मात्र १ अर्ब ७५ करोड ३० लाख रुपैयाँले कारोबारमा कमी आएकोे हो । यस्तै गत वैशाखको तुलनामा जेठमा क्यूआरमा आधारित भुक्तानीमार्फत हुने कारोबारमा ५६ करोड १० लाख रुपैयाँले कमी आएको छ । वैशाखमा २ अर्ब ५२ करोड ९० लाख रुपैयाँ कारोबार भएकामा जेठमा १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको कारोवार भएको छ । यस्तै गत वैशाखको अनलाइन (ई–कमर्स) का माध्यमबाट ७६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएकामा जेठमा कारोवार रकममा कमी आई १६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । रासस

निषेधाज्ञाले बदलिएको कारोबार : अनलाइन अर्डर गर्नुस्, घरमै पुग्छ चामल

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले अनलाइन सेवा सुरु गरेको धेरै समय भए पनि निषेधाज्ञाको समय प्रभावकारी देखिएको छ । वीरेन्द्रनगरका अधिकांश परिवारले अनलाइनबाटै घरमा चामल खरिद गर्न थालेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । कोरोना महामारीबाट जोगिने र बजार मूल्यभन्दा सस्तोमा पाइने भएपछि अनलाइनबाटै चामल खरिद गर्ने ग्राहक बढेका छन् । ‘कर्णाली प्रदेश मुकाम सुर्खेतको वीरेन्द्रनगर बजारमा कोरोना महामारीका कारण चार सातादेखि निषेधाज्ञा जारी छ । सबैलाई महामारीको त्रास छ । सोही  कारण अनलाइनबाट उपभोग्य वस्तु मगाउने क्रम बढेको छ’, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रादेशिक कार्यालय सुर्खेत प्रमुख माधव मिश्र भन्छन् । निषेधाज्ञाअघि थोरै ग्राहक थिए । अहिले ग्राहकको संख्या बढेको उनले सुनाए । मिश्रले भने, ‘आजभोलि दैनिक २–३ क्विन्टल अर्डर आउने गरेको छ भने दैनिक परिमाण पनि बढ्दै गएको छ ।’ कम्पनीले २५ केजीको जिरा मसिनो चामललाई १५५०, ३० केजीको सोना मन्सुलीलाई १४९० र २५ केजीको अरुवा मोटो चामललाई ११५० रुपैयाँमा बिक्री गर्दै आएको प्रमुख मिश्रले जानकारी दिए । मोबाइल प्रयोग गर्ने र सामान्य अंग्रेजी भाषा बुझ्ने सबैले सहजै अनलाइनबाट चामल अर्डर गर्न सक्ने मिश्रले बताए । अनलाइनबाट कसरी खरिद गर्ने चामल ? अनलाइन सेवा लिन ब्राउजरमा गएर नेपालफुडको वेबसाइट खोलेपछि स्थान छनोट गर्ने अप्सन आउँछ । सुर्खेतका लागि हो भने त्यहाँ सुर्खेत क्लिक गर्ने । त्यसपछि आफूलाई चाहिएको चामल छनोट गर्न एडटुकार्ड गरेर चाहिएको परिणाम लेखेर अर्डर गर्न सकिने उनको भनाइ छ । अनलाइनबाटै भुक्तानी गर्दा आफूले प्रयोग गर्ने आईडी र पासवर्ड राखेर पैसा तिर्न सकिन्छ । बिल भुक्तानी गरेपछि संस्थानले फोन गर्छ र घरमै चामल पु¥याइदिन्छ । नियमित गरेपछि आफूले प्रयोग गर्ने इमेल आईडी र पासवर्ड राखेर रजिस्टर भने गर्नुपर्छ । रजिस्टर गर्दा आफ्नो नाम, इमेल आईडी, मोबाइल नम्बरपछि इमेलको पासवर्डलाई कन्फर्म गर्नुपर्छ । पुनः अर्डरमा केही गल्ती  भयो कि भनेर देखाउँछ । दोस्रो पटकमा पुनः आफ्नो मोबाइल नम्बर माग्छ, जुन मोबाइल नम्बर तपाईंको घरमा चामल पुर्‍याउन कर्मचारीले सम्पर्क गर्ने भनेर मागिएको हो । त्यसपछि आफ्नो ठेगाना वीरेन्द्रनगर वडा नम्बर र स्थान छनोट गर्नुपर्छ । क्रमशः प्रोभिन्समा कर्णाली, सिटीमा सुर्खेत, इन्ट्रक्सनमा आफू भएको स्थान राखिसकेपछि क्यालकुलेटिङ सिपिङ आउँछ । सुर्खेत बजार लेखिएकामा नियमित गरेपछि पेमेन्ट सिस्टम आउँछ । त्यहाँ अनलाइनबाटै पैसा तिर्न मिल्ने अप्सन (ई–सेवा, आईएमई–पे वा अन्य कुनै सेवा) देखाउँछ । अनलाइनबाटै भुक्तानी गर्दा आफूले प्रयोग गर्ने आईडी र पासवर्ड राखेर पैसा तिर्न सकिन्छ । बिल भुक्तानी गरेपछि संस्थानले फोन गर्छ र घरमै चामल पुर्‍याइदिन्छ ।

बैंकबाट ससानो रकम झिक्न नपाउने निर्देशन भएको छैन : गभर्नर अधिकारी

जेठ ९, काठमाडौं । नेपाल राष्ट्र  बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागू भएपछि केहि बैंकले आफ्ना अनुकूल नियम बनाएकोप्रति ध्यानाकर्षण भएको बताएका छन् ।  नेपाल बैंकर्स संघले गत बिहीवार प्रेस विज्ञप्ति निकालेर निषेधाज्ञा भर ५० हजारभन्दा माथिको रकममात्रै  खातामा जम्मा गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । संघले निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखाबाट अत्यावश्यक सेवा भने प्रदान गरिने बताएको थियो । अत्यावश्यक परेमा ग्राहकले खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी रकम खातामा जम्मा गर्न, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस, आरटीजीएस जस्ता माध्यमबाट) कारोबार गर्नुपर्ने मात्र बैंक जान संघले अनुरोध गरेको थियो । थोरै रकम जम्मा गर्नका लागि पनि बैंकमा भिड हुने गरेको भन्दै  नेपाल बैंकर्स संघले कोभिड अवधिभरका लागि यस्तो निर्णय गरेको थियो ।  यतिखेर कतिपय   बैंकले ससानो रकम झिक्न जाँदा सर्वसाधारणलाई ससानो रकम पनि भुक्तानी नदिएको गुनासो आएपछि गभर्नर अधिकारीले सामाजिक सञ्जालमा ट्वीट गर्दै ससानो रकम झिक्न नपाउने भन्ने बिषय हुदै होईन भन्दै यस्तो निर्देशन हुने कुरा पनि भएन र गरिएको पनि छैन भनेका छन् । साथै उनले कुन बैंकको कुन शाखाबाट यस्तो व्यवहार भएको हो खुलाएर जानकारी पठाउन भनेका छन्  ।नेपाल राष्ट्र  बैंकले ग्राहकको हितलाई प्राथमिकतामा राख्न, वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने/ गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्न https://gunaso.nrb.org.np/ अनलाइन पोर्टल निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

बैंकिङ कारोबार घरबाटै गर्न संघको आग्रह

काठमाडौं (अस) । नेपाल बैंकर्स संघले कोभिड संक्रमण फैलिएसँगै स्वास्थ्य सुरक्षाका लागि बैंकिङ कारोबार घरैबाट गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीलगायत कार्य गर्न सकिने संघले स्मरण गराएको छ । सामान खरिद गर्दासमेत उपलब्ध भएसम्म कार्ड प्रयोग तथा क्यूआरमार्फत भुक्तानी गरी नगद कारोबार नगर्न संघले सुझाएको छ । ग्राहकको सहजताका निम्ति निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरणसमेत सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न सकिने संघले बताएको छ । कुनै परिस्थितिवश इमेल गर्न नसकिए निषेधाज्ञा समाप्त भएको ७ दिनसम्म मुद्दती परिपक्व भएको मितिबाटै लागू हुने गरी नवीकरण गर्न सकिनेछ ।

विद्युतीय कारोबार गर्न बैंकर्स संघको आग्रह

वैशाख ३०, काठमाडौं । नेपाल बैंकर्स संघले कोरोना कहरबीच सुरक्षित तरिकाले विद्युतीय कारोबार गर्न नागरिकलाई आग्रह गरेको छ ।  संघको बिहीवारको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने छ ।’ यस्तै बैंकका सबै एटिएम खुला रहनुका साथै बैंकका कल सेन्टरसमेत कार्यालय समयभर उपलब्ध हुने जानकारी गराइएको छ । ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखामा भीडभाड नगर्न तथा जोखिम कम गर्न निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखामार्फत केही सेवा भने निरन्तर रहने संघले जानकारी दिएको छ । संघले खाताबाट रकम झिक्ने र नगद जम्मा गर्ने काम रू. ५० हजारभन्दा माथि मात्रै हुनेछ । यस्तै, रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तरराष्ट्रिय व्यापारका लागि आवश्यक सहजीकरण गरिने जानकारी दिइएको छ । संघले घरबाटै कारोबार गर्न तथा आफू र अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ । रासस

सेयर बजारमा सामान्य अवस्थामा झैं कारोबार

कोभिड–१९ को संक्रमण फैलिन नदिनका लागि सरकारले निषेधाज्ञा जारी गर्दै अत्यावश्यक सेवाबाहेक अन्य क्रियाकलाप बन्द गरे पनि सेयर बजारमा भने सामान्य अवस्थामा जस्तै कारोबार भइरहेको छ । बजारमा अनलाइनमार्फत नै सेयर किनबेच र भुक्तानी गर्न सकिने सुविधाका कारण लगानीकर्ताहरुले घरैबाट सेयर कारोबार गर्ने सूविधा पाएका छन् ।सामान्य अवस्थामा झैं सेयर बजारमा दैनिक ५ अर्ब रुपैयाँभन्दा […]

बैंकिङ कारोबारमा समस्या भए राष्ट्र बैंकका उच्च अधिकारीलाई सम्पर्क गर्न सकिने

काठमाडौं (अस) । निषेधाज्ञा अवधिभर सर्वसाधारणलाई बैंकिङ कारोबारमा समस्या परे, जिज्ञासा भए वा सुझाव दिनुपरे सीधै नेपाल राष्ट्र बैंकका तीन उच्च अधिकारीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा काारोबार गर्ने ग्राहकको समस्या समाधान गर्न र सर्वसाधारणको जिज्ञासाको जवाफ दिन सम्पर्क व्यक्ति तोकिदिएको हो । बैंक तथा वित्तीय संस्थामा जान असहज अवस्थामा विप्रेषण, डिजिटल बैंकिङ कारोबार गर्दा हुने समस्या समाधानका लागि आइतवारदेखि यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले बताएको छ । साथै बैंकमा गएर प्रत्यक्ष सेवा लिने कार्य प्रभावित भएकाले घरमै बसेर कारोबार गर्ने ग्राहकको सेवा थप प्रभावकारी बनाउन पनि सो व्यवस्था गरिएको केन्द्रीय बैंकको भनाइ छ । केन्द्रीय बैंकले सार्वजनिक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक किरण पण्डित, विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरुप्रसाद पौडेल र भुक्तानी प्रणाली विभागका निर्देशक निश्चल अधिकारीलाई सम्पर्क व्यक्ति तोकेको छ । सर्वसाधारणलाई बैंकमा रकम जम्मा गर्ने वा झिक्ने, ऋणको साँवा–ब्याज तिर्ने लगायत कारोबारसम्बन्धी सम्पूर्ण विषयमा सोधपुछ गर्नु परे राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक पण्डितलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । सर्वसाधारणलाई समस्या परेमा उनको मोबाइल नम्बर ९८५१०९७३४६ र ईमेल किरणपण्डित याटदिरेट एनआरबी डट ओआरजी डट कममा सम्पर्क गर्न सकिनेछ । विप्रेषण, विदेशी मुद्रा सटही, टीटी, प्रतीतपत्र (एलसी) तथा विदेशी विनिमय कारोबारसम्बन्धी विषयमा समस्या परे राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरुप्रसाद पौडेल मोबाइल नम्बर ९८५१०२४८५३ वा पौडेलगुरु याटदिरेट एनआरबी डट ओआरजी डट कममा सम्पर्क गर्न सकिनेछ । यस्तै, मोबाइल तथा इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्डको प्रयोग, एटीएम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल कारोबार गर्दा समस्या परे वा बुझ्नुपरेमा भुक्तानी प्रणाली विभागका निर्देशक अधिकारीलाई उनको मोबाइल नम्बर ९८५१०१७६२३ र ईमेल ठेगाना निश्चल एडीके याटदिरेट एनआरबी डट ओआरजी डटकममा सम्पर्क गर्न सकिने राष्ट्र बैंकले बताएको छ ।

डिजिटल भुक्तानीमा जोड दिँदै वित्तीय कारोबार

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै बैङ्क तथा वित्तीय संस्थाहरूले सम्भव भएसम्म डिजिटल बैङ्किङ सेवा बढीभन्दा बढी प्रयोगमा जोड दिन थालेका छन् । सरकारले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना हुन थालेपछि बिहीबारदेखि काठमाडौँ उपत्याकालगायतका केही जिल्लामा १५ दिनसम्म निषेधाज्ञा जारी गरिसकेको छ । निषेधाज्ञाको समयमा पनि बैङ्क तथा वित्तीय संस्थाका कार्यालय र शाखाहरू खुला रहने भए पनि अत्यावश्यक कामबाहेक कार्यालयमा भीडभाड नगर्न आग्रह गरेका छन् । अघिल्लो वर्ष कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न गरिएको बन्दाबन्दीयता सर्वसाधारण अनलाइनमा केन्द्रित हुँदा अनलाइन प्रयोगकर्ता ह्वात्तै बढेको स्मरण गर्दै राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल अहिलेको विषम परिस्थितिमा अनलाइन कारोबारमा जोड दिनुको विकल्प नरहेको बताउनुहुन्छ । गत फागुन महिनामा मोबाइल बैङ्किङमार्फत ४० अर्ब ३५ करोड ९० लाख रुपियाँ बराबर कारोबार भएको तथा ‘क्विक रेस्पोन्स कोड’ (क्यूआर कोड)मार्फत दुई अर्ब पाँच करोड ५० लाख रुपियाँ बराबरको कारोबार भएको जानकारी दिँदै राष्ट्र बैङ्कले डिजिटल कारोबारलाई विस्तार गर्ने क्रममा पछिल्लो समय ‘क्यूआर कोड’को माध्यमबाट डिजिटल बैङ्किङका लागि अभियानकै रूपमा विस्तार गरिरहेको बताउनुभयो ।

निषेधाज्ञामा पनि साढे चार अर्बको सेयर कारोबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको दिन बिहीबार सेयर बजारमा साढे ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । अनलाइनमार्फत कारोबार र भुक्तानी गर्न सकिने व्यवस्थाका कारण निषेधाज्ञाको समयमा पनि सामान्य अवस्थाकै जस्तो सेयर किनबेच भएको हो ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.८२ अंकले वृद्धि हुँदा बिहीबार २१७ कम्पनीका ९८ लाख १८ हजार कित्ता सेयर किनबेच […]