क्युआर पेमेन्टमा बढ्दो आकर्षण, ७ महीनामा १७९ प्रतिशतले बढ्यो कारोबार

काठमाडौं । पछिल्लो समय क्युआरबाट हुने कारोबार वर्षेनी बढ्दो छ । नेपाल राष्ट्र बैंकले क्युआरबाट निःशुल्क भुक्तानी गर्ने व्यवस्था लागू गरेपछि यसको कारोबार बढेको हो । पछिल्लो समय नेपालमा तरकारी किन्नदेखि कलेजको फि तिर्न, बिमाको शुल्क भुक्तानी गर्न, मन्दिरमा भेटी चढाउनसम्म क्युआरबाट भुक्तानी गर्ने गरेको पाइन्छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो सात महीनामा क्युआरबाट १ खर्ब १७ अर्ब ४६ करोड रुपैयाँ कारोबार भएको छ । यो आव २०७८/७९ को सोही अवधिको तुलनामा १७९.२१ प्रतिशत बढी हो । आव २०७८/७९ को सोही अवधिमा क्युआरबाट ४२ अर्ब ७ करोड रुपैयाँ कारोबार भएको थियो । आव २०७७/७८ मा क्युआरबाट २० अर्ब २८ करोड रुपैयाँ कारोबार भएको थियो ।  राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल राष्ट्र बैंकले नीतिगत सहजीकरण गरी क्युआरबाट निःशुल्क भुक्तानीको व्यवस्था लागू गरेपछि यसको कारोबार बढिरहेको बताउँछन् । ‘अहिले मुलुकभर नै १६ लाखभन्दा बढी मर्चेन्टहरूले क्युआर स्टयाण्ड छन् । त्यसैले निकट भविष्यमा क्युआरबाट हुने कारोबार अझ बढ्ने देखिन्छ,’ उनले भने ।  माई–पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहता अहिले क्युआरबाट हुने कारोबार बढे पनि धेरैजसो कारोबार काठमाडौं उपत्यकामा मात्र केन्द्रित भएको बताउँछन् । त्यसैले मुलुकभर नै क्युआरबाट हुने कारोबारलाई प्रोत्साहन गर्न सरकारी कार्यालयमा हुने सबै किसिमका भुक्तानीहरू क्युआरबाट मात्र हुनुपर्ने नीति ल्याउन आवश्यक रहेको उनको तर्क छ ।  ‘क्युआरबाट भुक्तानी गर्न इन्टरनेट अनिवार्य चाहिने भएकाले प्रयोगकर्ताहरूले भुक्तानी गर्न चर्काे शुल्कमा मोबाइल डेटाबाट इन्टरनेट प्रयोग गरी भुक्तानी गर्नु पर्ने बाध्यात्मक अवस्था छ । त्यसैले क्युआरबाट भुक्तानी गर्दा इन्टरनेटमा केही सहुलियत दिन सके कारोबार अझ बढ्ने देखिन्छ,’ मेहता भन्छन्, ‘क्युआरबाट हुने भुक्तानी बढ्दा सरकारको पैसा छाप्न प्रयोग हुने अर्बाैं रुपैयाँ पनि जोगिनुका साथै पैसा पनि सिस्टममा नै रहन्छ ।’ 

सम्बन्धित सामग्री

सहज बन्दै क्युआर: महिनामै २१ अर्ब कारोबार

पछिल्लो समय नेपालमा क्युआर कोडमार्फत कारोबार गर्नेको संख्या बढ्दो क्रममा छ । राष्ट्र बैंकले विद्युतीय भुक्तानी तथा क्युआर कोडमार्फत हुने कारोबारलाई प्रवद्र्धन गर्ने नीति लिँदा यस्तो कारोबार बढेको हो । उपभोक्ताले हरेक किसिमका वस्तु तथा सेवा खरिद गर्दा क्युआर कोडमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था हुँदा यसको प्रयोगमा पनि व्यापकता आएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार […]

क्युआर कोर्डबाट हुने कारोबार तीन गुणाले बढ्यो

एकै वर्षमा क्विक रेष्पोन्समा आधारित भुक्तानी (क्युआर कोर्ड) तीन गुणाले वृद्धि भएको छ। नेपाल राष्ट्रबैंकका अनुसार आर्थिक वर्ष २०७८ को फागुन मसान्त (सन् २०२२ को मिड मार्च) सम्मको अवधिमा क्युआर कोडमार्फत २३ लाख ७ हजार ९ सय ४ कारोबार संख्या भएको थियो।...

कन्तुर हटाउँदै क्युआर कोड

बाराका ठुला सहर, बजार, राजमार्गसँगै ग्रामीण बजारमा समेत क्युआर कोडबाट कारोबार बढेसँगै कन्तुरको प्रयोग हट्दै गएको छ ।रकम सुरक्षित हुने र उधारो माग्ने बहानाबाजीबाट बच्न ग्रामीण क्षेत्रका पसल मात्र नभई खुला बिक्रेताले समेत क्युआर कोड प्रयोग थालेपछि परम्परागत प्रयोग हँुदै आएको कन्तुरको प्रयोग घट्दै गएको हो ।बैंक वित्तीय संस्थाको ग्रामीण बजारमा उपस्थिति बढेसँगै क्युआर प्रयोग […]

श्रीलङ्कामा इन्धन कारोबारमा क्युआर कोड लागू

श्रीलङ्कामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत् गर्ने व्यवस्था लागू गरिएको छ । इन्धनको अभाव भएपछि श्रीलङ्कामा क्युआर कोड प्रणाली लागू गरिएको हो । क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नपर्नेलगायतका फाइदा हुने सरकारी अधिकारीहरुले जनाएका छन् । देशभरीका सबै पेट्रोल पम्पहरुमा यो व्यवस्था गरिएको र उपभोक्तालाई पनि यसबारेमा जानकारी गराइएको उर्जा मन्त्री कन्चना विजेसेकेराले बताए ।  उनले इन्धन लिनका लागि पेट्रोल पम्पहरुमा भिडभाड नगर्न पनि उपभोक

श्रीलंकामा इन्धन कारोबारमा क्युआर कोड लागू

श्रीलंकामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत् गर्ने व्यवस्था लागू गरिएको छ। इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो भएपछि क्युआर कोड प्रणाली लागू...

क्युआर कोडबाट हुने ह्याकिङ दिनदिनै बढ्दै, यसरी जोगिनुहोस् तपाईं

क्युआर कोडको नाम त सुन्नु भएकै होला । अहिले धेरै काममा क्युआर कोड प्रयोग भइरहेको छ । नेपालमा पनि अहिले डिजिटल कारोबार गर्न क्युआर कोडको प्रयोग उल्लेख्य मात्रामा प्रयोग भइरहेको छ । पसल पसलमा क्युआर कोड भेटिन्छन् ।  क्युआर कोड प्रयोग गर्न पनि सजिलो छ । मोबाइलबाट स्क्यान गरेकै भरमा बिना झन्झट भुक्तानी गर्न वा कुनै पनि जानकारी पाउन सकिन्छ । यो क्युआर कोड भित्र धेरै कुराहरु...

पर्यटकले क्युआर कोडबाट भुक्तानी गर्ने सक्ने

काठमाडौं : भिसा नेटवर्कमा जोडिएका पर्यटकले नेपाल आउँदा ‘क्युआर कोड’बाट वित्तीय कारोबार गर्न पाउने भएका छन्।बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी फोनपेले ‘नयाँ क्युआर स्ट्यान्ड’ सेवा घोषणा गरेको हो। फोनपे र भिसाको कारोबारलाई सहज बनाउन नबिल बैंकले सहकार्य गरेको छ। फोन पेले भिसाको सहकार्यमा भिसा नेटवर्कका पर्यटकले पनि नेपालमा ’क्युआर’बाट भुक्तानी गर्न सक्ने गरी क्युआर भुक्तानीलाई विदेशी पर्यटकको पहुँचमा पुर्‍याएको छ।फोनपेका सहायक प्रमुख कार्यकारी अधिकृत दिवस सा

साउनमा क्युआर कोडबाट ५ अर्ब ५६ करोड कारोबार, वालेटबाट हुने कारोबार १४ अर्ब बढी

क्युआर कोडमार्फत हुने कारोबार नयाँ रेकर्ड कायम भएको छ । गएको साउन महिनामा मात्रै क्युआर कोडबाट ५ अर्ब ५६ करोड रूपैयाँ भुक्तानी भएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा क्युआर कोडबाट ५ अर्ब ५६ करोड भुक्तानी भएको छ । साउनमा क्युआर कोड स्क्यान गरेर १२ लाख ९३ हजार ३४९ वटा...

तरकारी खरिद क्युआर कोडबाटै

वीरगन्ज-नगद कारोबारको झण्झटलाई विस्थापित गर्न विद्युतीय प्रणालीको विकास गरेसँगै अब तरकारी पनि क्युआर कोडबाट किन्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले क्युआर कोडमार्फत हुने भुक्तानीलाई अभियानको रूपमा सञ्चालन गरेर तरकारी तथा फलपूmल बजारमा क्युआर कोडको व्यावस्था गराउन थालेपछि अब तरकारी पनि क्यूआर कोडबाट किन्न सकिने भएको हो ।नगदरहित कारोबार गर्नका लागि शुक्रबार माछापुछ्रे बैंक […]

एनएमबीको क्युआर कोडबाट बिर्तामोड कृषि बजारमा कारोबार सुरु

एनएमबी बैंकले झापाको बिर्तामोड कृषि बजारमा क्युआर कोडमार्फत कारोबार सुरु गरेको छ । कार्यक्रमको औपचारिक सुरुवात बैंकका प्रदेश १ प्रमुख घिमिरेले कृषि व्यवसायी अमरबहादुर तामाङको पसलमा विद्यतीय भुक्तानीको प्रयोग गरी सामान किनेर गरेका थिए ।नगदरहित भुक्तानीलाई प्रवद्र्धन गन यस्तो कारोबार सुरु गरिएको बैंकको भनाइ छ ।क्युआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन गर्ने […]