पुस महिनामा कनेक्ट आईपीएस मार्फत करिब साढे २ खर्बको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब ४७ अर्बको कारोबार भएको हो । मङ्सिर महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब २८ अर्बको कारोबार भएको थियो । राष्ट्र बैंकका अनुसार पुस महिनासम्ममा कनेक्ट आईपीएसका ग्राहक ७ लाख ६४ हजार पुगेका छन् । मङ्मसिर हिनामा यो संख्यामा ७ लाख ४० हजार थियो । त्यस्तै पुसमा वालेटमार्फत १६ अर्ब २७ करोडको कारोबार भएको छ । मङ्मसिर महिनामा यो रकम १५ अर्ब ५२ करोड रहेको थियो । क्युआर कोड मार्फत भने पुसमा ६ अर्ब ५२ करोडको कारोबार भएको छ । मङ्सिरमा क्युआर कोड मार्फत भएको कारोबार ६ अर्ब २८ करोड कारोबार भएको थियो । पुस महिनामा एटिएम मार्फत हुने कारोबार पनि बढेको छ । मङ्सिरमा एटिएमबाट ५९ अर्ब ९० करोड नगद निकालिएकोमा पुसमा भने ६९ अर्ब २९ करोड नगद निकालिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।