कास्की (अस) । स्कोडाका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता एसएसएल मोटर्स प्रालिले नयाँबजारमा स्कोडा गाडीको सोरुम सञ्चालनमा ल्याएको छ ।
स्कोडाका लागि नेपालको आधिकारिक वितरक मोरङ अटो वक्र्स (एमएडब्लु) इन्टरप्राइजेजले एसएसएल मोटर्सलाई बिक्रेता नियुक्त गरेको हो । डिलर सुरु गरेसँगै प्रालिले स्कोडाको स्पोर्टी युटिलिटी भेइकल (एसयूभी) कुशाक बिक्री सुरु गरेको हो ।
स्कोडाको एसयूभी कुशाकको बुकिङ पनि सुरु गरिसकेको एसएसएल मोटर्स प्रालिका निर्देशक सूर्यप्रसाद बरालले जानकारी दिए । उनका अनुसार स्कोडाको कुशाक एसयूभी दुई साता अगाडि मात्रै नेपाली बजारमा सार्वजनिक भएको हो । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा स्कोडा कुशाक उपलब्ध हुनेछ । स्कोडा कुशाकका विभिन्न गाडी ४९ लाख ९० हजारदेखि ६५ लाख ९० हजार रुपैयाँसम्ममा ग्राहकले खरिद गर्न सक्नेछन् ।