जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएकोबारे अनुसन्धान गर्न छानबिन टोली दार्चुला प्रस्थान

काठमाण्डाै - दार्चुलाको व्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न छानबिन टोली त्यसतर्फ गएको छ ।  छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली विमानमार्फत दार्चुला गएको हो । आज कैलालीको धनगढी गएर टोली भोलि मात्रै दार्चुला पुग्ने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिनुभयो । छानबिन समिति पुगेपछि प्रत्यक्षदर्शीसँग छलफल हुनेछ ।  छानबिन समितिले १० दिनभित्र प्रतिवेदन सरकारलाई बुझाउनु पर्नेछ ...

सम्बन्धित सामग्री

दार्चुला घटना : छानबिन टोली धनगढीमा, मुख्यमन्त्री र कानूनमन्त्रीसँग छलफल

२७ साउन, धनगढी । दार्चुला तुइन घटना छानबिन गर्न गठन गरिएको टोली धनगढी पुगेको छ । भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिनका लागि गठित टोली धनगढी पुगेको हो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोलीले बुधबार बिहान प्रदेश राजधानी धनगढी पुगेर सुदूरपश्चिम मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक […]

दार्चुला घटना : आरोपितसँगै घटनास्थलमा गृहको छानबिन टोली

धनगढी : दार्चुलामा तुइन घटनाको छानबिनका लागि घटनास्थल मालघाट पुगेको गृह मन्त्रालयको टोलीको विरोध हुन थालेको छ। गृहको छानबिन टोलीले घटनास्थल जाँदा आरोपित भारतीय सुरक्षा बल (एसएसबी)लाई पनि सँगै लगेपछि विरोध हुन थालेको हो।एसएसबीले तुइन फुस्काइदिएपछि व्यासका जयसिंह धामी बेपत्ता भएको प्रत्यक्षदर्शी र स्थानीयले बताउँदै आएका छन्।दार्चुलाका पत्रकार नरेन्द्र कार्की सामाजिक सञ्जालमा लेख्छन्, ‘पत्रकारलाई समेत घटनास्थलमा जान रोक लगाएर स्थलगत निरीक्षण गरियो। जसले अपराध कर्म गरे उसैको सहयोगमा छानबिन गरि

गृहको छानबिन टोलीले भारतीय सीमा सुरक्षा बलसँग पनि जानकारी लिने

दार्चुला। जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन टोली भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ।मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो। समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबासीले भारतीय प्रहरी चौकीमा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाएको छ।

देवेन्द्रराज कँडेलको प्रश्न : दार्चुला घटनाबारे संयुक्त टोली किन बनेन ?

काठमाडौं : सांसद देवेन्द्रराज कँडेलले दार्चुला घटनाबारे नेपाल भारत संयुक्त छानबिन टोली किन गठन नगरेको भन्दै प्रश्न गरेका छन्।मंगलबार संघीय संसदमा बाेल्दै सत्ताधारी दलका सांसद कँडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गर्दै भने, 'सीमाको विवादित घटनामा भारत र नेपालको संयुक्त टोली बताउनुपर्थ्याे। भारतले नै खोजी गरेको छ भनिएको छ। भारतले नै आफैँ दोषी भनेर भन्ला?' महाकालीमा तुइन तर्ने बेला दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर गत शुक्रबार बेपत्ता भएका थिए। दा

एसएसबीले तुइन काटेको घटना अनुसन्धान गर्न दार्चुला हिँड्यो छानबिन टोली

दार्चुला व्यास गाउँपालिका-२, मालका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको छानबिनका लागि टोली दार्चुला हिँडेको छ । भारतीय सुरक्षा बल एसएसबीले तुइन काट्दा बेपत्ता भएको भन्दै अनुसन्धानका लागि गठित छानबिन टोली काठमाडौंबाट प्रस्थान गरेको हो ।  घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।  छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक पूरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्र...

गृहको छानबिन टोली दार्चुला जाँदै

काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन टोली आज दार्चुला जाँदैछ । छानबिन समितिका संयोजक तथा गृह मन्त्रालयका गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्ने भएको हो । आज काठमाडौँबाट टोली हवाईजहाजमार्फत कैलाली पुग्ने र मङ्गलवार(भोलि) […]

गृह मन्त्रालयको छानबिन टोली दार्चुला जाँदै

काठमाडौं । शुक्रबार भारतीय एसएसबीले तुइनको डोरी काटिदिँदा दार्चुलाको व्यास नगरपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।