दार्चुला घटना : आरोपितसँगै घटनास्थलमा गृहको छानबिन टोली

धनगढी : दार्चुलामा तुइन घटनाको छानबिनका लागि घटनास्थल मालघाट पुगेको गृह मन्त्रालयको टोलीको विरोध हुन थालेको छ। गृहको छानबिन टोलीले घटनास्थल जाँदा आरोपित भारतीय सुरक्षा बल (एसएसबी)लाई पनि सँगै लगेपछि विरोध हुन थालेको हो।एसएसबीले तुइन फुस्काइदिएपछि व्यासका जयसिंह धामी बेपत्ता भएको प्रत्यक्षदर्शी र स्थानीयले बताउँदै आएका छन्।दार्चुलाका पत्रकार नरेन्द्र कार्की सामाजिक सञ्जालमा लेख्छन्, ‘पत्रकारलाई समेत घटनास्थलमा जान रोक लगाएर स्थलगत निरीक्षण गरियो। जसले अपराध कर्म गरे उसैको सहयोगमा छानबिन गरि

सम्बन्धित सामग्री

दार्चुला घटना : छानबिन टोली धनगढीमा, मुख्यमन्त्री र कानूनमन्त्रीसँग छलफल

२७ साउन, धनगढी । दार्चुला तुइन घटना छानबिन गर्न गठन गरिएको टोली धनगढी पुगेको छ । भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिनका लागि गठित टोली धनगढी पुगेको हो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोलीले बुधबार बिहान प्रदेश राजधानी धनगढी पुगेर सुदूरपश्चिम मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक […]