देवेन्द्रराज कँडेलको प्रश्न : दार्चुला घटनाबारे संयुक्त टोली किन बनेन ?

काठमाडौं : सांसद देवेन्द्रराज कँडेलले दार्चुला घटनाबारे नेपाल भारत संयुक्त छानबिन टोली किन गठन नगरेको भन्दै प्रश्न गरेका छन्।मंगलबार संघीय संसदमा बाेल्दै सत्ताधारी दलका सांसद कँडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गर्दै भने, 'सीमाको विवादित घटनामा भारत र नेपालको संयुक्त टोली बताउनुपर्थ्याे। भारतले नै खोजी गरेको छ भनिएको छ। भारतले नै आफैँ दोषी भनेर भन्ला?' महाकालीमा तुइन तर्ने बेला दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर गत शुक्रबार बेपत्ता भएका थिए। दा

सम्बन्धित सामग्री

दार्चुला घटना : १६ दिनसम्म बनेन छानविन टोलीको प्रतिवेदन

३२ साउन, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास गाउँपालिका–२, मालगाउँका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे छानविन गर्न गठित टोलीले १६ दिनसम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन । गृहमन्त्री बालकृष्ण खाँणले सह–सचिव जनार्दन गौतमको नेतृत्वमा छानविन टोली गठन गर्दै १० दिनको समय दिएका थिए । […]