महाकाली घटनाबारे संसद्मा गृहमन्त्रीको जवाफ : छानबिन टोली दार्चुला पुगिसक्यो, भारतलाई पत्राचार

 गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदीमा तुइन तर्दा जयसिंह धामी बेपत्ता भएको विषयमा मन्त्रालयले गठन गरेको छानबिन टोली दार्चुला पुगेको बताएका छन् । सो टोलीले १० दिनभित्र प्रतिवेदन बुझाउने गृहमन्त्री खाँणले बताए । मंगलबार प्रतिनिधि सभा बैठकमा सभामुखसँग सार्वजनिक महत्त्वका विषयमा बोल्न समय माग गर्दै उनले घटनाबारेमा जानकारी गराएका छन् । उनले दार्चुलाको ब्यास गाउँपालिका मालघाटमा साउन १४ गते जयसिंह धामी महाकाली नदीमा तुइनबाट नदी तर्ने क्रममा ज्यान गएको भन्दै नरेन्द्रसिंह धामी लगायत ३ ज