एसएसबीले तुइन काटेको घटना अनुसन्धान गर्न दार्चुला हिँड्यो छानबिन टोली

दार्चुला व्यास गाउँपालिका-२, मालका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको छानबिनका लागि टोली दार्चुला हिँडेको छ । भारतीय सुरक्षा बल एसएसबीले तुइन काट्दा बेपत्ता भएको भन्दै अनुसन्धानका लागि गठित छानबिन टोली काठमाडौंबाट प्रस्थान गरेको हो ।  घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।  छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक पूरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्र...