खाद्य संस्थानले बेच्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण भएको छ। संस्थानले अन्य व्यवसायीले बेच्ने मूल्यभन्दा केही सस्तोमा खसीबोका तथा च्याङ्ग्रा बेच्ने भएको हो। संस्थानले तोकेअनुसार जिउँदो खसीको मूल्य प्रतिकेजी ४५५ तथा बोकाको ४५० रहेको छ। त्यस्तै च्याङ्ग्रा प्रतिकेजी ६७५ रुपैयाँ रहेको छ। संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खसीबोकाको मूल्य बाहिरी व्यापारीहरुले बेच्नेभन्दा प्रतिकेजी ३५ रुपैयाँ…