दाङका एक हजार खसीबोका काठमाडौँमा

दाङ– घरघरमा व्यापारी डुल्थे। दसैँका लागि खसीबोका खोज्थे। आफै मूल्य गर्थे। खसीबोकाको यस्तो कारोबारले किसानले कम मूल्य पाउने समस्या थियो। तर केही वर्षदेखि किसानले जिउँदो खसीबोका तौल गरेर बिक्री वितरण गर्न थालेका छन्। लमही नगरपालिका–१ निवासी वसन्त अधिकारीले यो दसैँमा १० वटा खसीबोका निलकमल सामाजिक उद्यमी महिला सहकारीमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई बिक्री गरे। […]

सम्बन्धित सामग्री

नक्कली ऋणको फन्दामा दाङका ३३ पीडित

एउटा विकास बैंकको बदमासीले दाङका ३३ जना व्यक्ति 'लिंदै नलिएको ऋण' नतिरेको अभियोगमा मुद्दा खेपिरहेका छन् । करिब १८ करोड रुपैयाँको यो खेलमा जोडिएको बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई भने अदालतले समेत उन्मुक्ति दिइसकेको छ ।

दाङका मुक्त कम्लहरी सामुहिक खेतीमा सक्रिय

दाङ । झण्डै १२ हजार भन्दा बढी मुक्त कम्लहरी रहेको दाङका मुक्त कम्लहरीहरु आर्थिक आयआर्जनका लागि सामुहिक रुपमा जुट्न थालेका छन् । सहज जीवन यापनका लागि मुक्त कम्लहरीहरु पछिल्लो सयम सामुहिक धानखेतीमा लागेका हुन । दाङमा झण्डै १२ हजार भन्दा बढी मुक्त कम्लहरीहरु रहेका छन् । तर, कमैयाबाट मुक्त भएपनि उनीहरुलाई दैनिकी चलाउन भने धौ […]

विद्युत् महसुल नबुझाएरै सञ्चालित दाङका दुई सिमेन्ट उद्याेग

दाङ – दाङका दुई सिमेन्ट उद्याेगले लामाे समयदेखि विद्युत् महसुल बुझाएका छैनन् । घोराही सिमेन्ट उद्योग र सोनापुर सिमेन्ट उद्योगले विद्युत् महसुल नै नबुझाई उद्योग चलाइरहेका छन् । घोराही सिमेन्ट उद्योगले १९ महिनाको १ अर्ब २८ करोड ६८ लाख १२ हजार ६१३ रुपैयाँ ५२ पैसा विद्युत् महसुल तिर्न बाँकी छ । यस्तै सोनापुर सिमेन्ट उद्योगले २४ महिनाको ७१ करोड ५७ लाख ६३ हजार ९५३ रुपैयाँ ४५ पैसा तिर्न बाँकी रहेको छ । विद्युत् महसुल बुझाउन नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले पटक पटक ताकेता नगरेको पनि होइन ...

बाढीका कारण दाङका दशवटै पालिका प्रभावित, पाँच हजार घरमा क्षति

काठमाडौं : अविरल वर्षापछि आएको बाढी र डुबानमा परी दाङका १० वटै पालिकामा करिब पाँच हजार घरमा क्षति पुगेको छ। लगातारको वर्षापछि बाढी, पहिरो र डुबानले घर भत्किने, बस्न नमिल्ने गरी पूर्णरुपमा क्षति व्यहोरेको घर सङ्ख्या एक हजार पाँच सय ६६ रहेको छ भने आंशिक क्षति भएका घरको सङ्ख्या तीन हजार…

बाढीबाट दाङका दशवटै पालिकामा क्षति

अविरल वर्षापछि आएको बाढी र डुबानमा परी दाङका १० वटै पालिकामा करिब पाँच हजार घरमा  क्षति पुगेको छ ।  लगातारको वर्षापछि बाढी, पहिरो र डुबानले घर भत्किने, बस्न नमिल्ने गरी पूर्णरुपमा क्षति व्यहोरेको घर सङ्ख्या एक हजार पाँच सय ६६ रहेको छ भने आंशिक क्षति भएका घरको सङ्ख्या तीन हजार एक सय ७८ रहेको छ । दाङका १० स्थानीय तहमध्ये देउखुरीका चार पालिकामा सबैभन्दा बढी क्षति भएको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खिलत गिरीका अनुसार जिल्लाको राजपुर गाउँपालिकामा सबैभन्दा धेरै भौत

बाढीबाट दाङका दशवटै पालिकामा क्षति, राजपुरमा सबैभन्दा धेरै

२८ असोज, दाङ । अविरल वर्षापछि आएको बाढी र डुबानमा परी दाङका १० वटै पालिकामा करिब पाँच हजार घरमा क्षति पुगेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । लगातारको वर्षापछि बाढी, पहिरो र डुबानले घर भत्किने, बस्न नमिल्ने गरी पूर्णरुपमा क्षति व्यहोरेको घर सङ्ख्या एक हजार पाँच सय ६६ रहेको छ भने आंशिक क्षति […]

दाङका झन्डै ३ हजार घर डुबानमा, २ सय ३ वटा भत्किए

दाङ – दाङको राप्ती र सहायक नदी तथा बबई खोलामा आएको बाढीले दाङमा झन्डै तीन हजार वटा घर डुबानमा परेका छन् । जिल्ला आपत्कालीन सञ्चालन केन्द्र दाङका अनुसार राप्ती नदी, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा दुई हजार नाै सय ५२ घर डुबानमा परेका हुन् । घर डुबानमा परेपछि विस्थापित भएका आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।  यस्तै तीन दिनदेखि लगातार पानी पर्दा दुई सय तीन घर पूर्णरूपमा भत्किएका छन् । झन्डै एक सय जनालाई उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयव...

दाङका तीन पालिकामा मतगणना सुरु

काठमाडौँ । दाङका तीनवटा पालिकामा मतगणना सुरु भएको छ । लमही नगरपालिकामा आज बिहान ६ बजेबाट मतगणना सुरु भएको छ । एकै पटक तीन स्थानमा गणना गरिने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । पहिलो चरणमा वडा नम्बर १, ५ र ९ को मतगणना हुनेछ । लमहीमा ७४.५८ प्रतिशत मत खसेको छ । कुल ३४ हजार […]

दाङमा साढे २५ हजार मतदाता थपिए

दाङमा २५ हजार मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत जिल्लामा साढे २५ हजार नयाँ मतदाता थपिएका हुन् ।

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ५० हजार धरौटीमा छुटे

ड्युटीमा रहेका डाक्टर तथा नर्समाथि कुटपिट र आक्रमण गर्ने दाङका तीन जना जनही ५० हजार धरौटी बुझाएर आइतबार छुटेका हुन् ।