अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा रूसी सेनाले यूक्रेनका सबै विद्यालय, अस्पताल र घनाबस्तीका शहरलाई आक्रमणको निशाना बनाएर भग्नावशेषमा परिणत गरिदिएको भन्ने समाचारहरू आइरहेका समय यूक्रेनी अस्पतालमा रूसले कुनै आक्रमण नगरेको बताएको हो।
काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले वीरगञ्जस्थित नारायणी अस्पतालमा जनशक्ति थप गर्न सरकारसँग माग गरेका छन्। सो अस्पतालमा बिरामीको चाप बढेकाले चिकित्सकसहितको थप जनशक्तिको पनि सरकारले तत्काल व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। बुधबार प्रतिनिधिसभा बैठकमा सांसद यादवले सो अस्पतालका लागि आवश्यक उपकरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए। उनले नारायणी रंगशालाको जीर्णोद्धारका […]
बलेवा – एम्बुलेन्सको अभाव खेपिरहेको धवलागिरि अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ। अष्ट्रेलियामा रहेका नेपालीले स्वतस्फुर्त सङ्कलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको हो। फोटोन कम्पनीको ‘फोरह्वील’ एम्बुलेन्स बिहीबार धवलागिरि अस्पताल परिसरमा आइपुगेको प्रशासन प्रमुख तेजप्रसाद न्यूरेले बताए। सुविधासम्पन्न एम्बुलेन्स अस्पतालले प्राप्त गरेसँगै बिरामीका लागि सुविधा थपिएको उनको भनाइ छ। […]
काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ एकता बस्तीकी लक्ष्मी बोगटी उमेरले ६६ पुग्नुभयो । हेर्दाहेर्दै पातलो बस्ती बाग्ला भए । बत्ती अनि सडकका सुविधा थपिए । तर खानेपानीको सुविधा भने कहिल्यै थपिएन । सेताम्मे फुलेका कपाल सुम्सुम्याउँदै लक्ष्मीले भन्नुभयो, ‘भनाइ पो काठमाण्डौ त बसाइ त कर्णालीमै छ नि ! नुहाउनलाई एक मुठी पानी हालुँ भन्यो छैन । पानी नपरेका दिन के गर्ने भनेर आपत् पर्छ ।’
पोहोर मंसिरको कुरा हो, पानी ल्याएर चिया बनाउँछु भन्दै घरदेखि हिँड्नुभएकी उहाँ होस आउँदा अस्पतालमा हुनुह...
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ । अस्पतालका फोकल पर्सन दोर्ण वलीले भने, “एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य अवस्थामा छ । अहिले अन्य बिरामीलाई ती शय्यामा राख्ने गरेका छौँ ।” अहिले सामान्य बिरामीलाई त्यहाँ राख्ने गरिएको उनले बताए । कुनै समय शय्या भरिभराउ हुन्थे । शय्या पाउन हानथाप नै हुन्थ्यो तर अहिले शून्य छ ।कोरोनाका बिरामी नआउँदासम्म त्यहाँ अन्य बिरामीलाई राखिने उनको भनाइ छ । यसअघि बेलझुण्डी
स्याङजा – भीरकोट नगर अस्पतालमा सोलार जडान गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको सहयोगमा अस्पतालनमा सोलार जडान गरिएको हो । अस्पतालमा १० केबीए क्षमताको ३० वटा सोलार प्यानल जडान भएको अस्पतालका व्यवस्थापक छायादत्त रेग्मीले बताउनुभयो ।
सोलार जडानपश्चात अस्पतालको सेवाप्रवाह प्रभावकारी भएको रेग्मीकाे भनाइ छ । उहाँले भन्नुभयो,‘अहिले अस्पतालमा लाइन भएको र नभएको थाहै हुँदैन ।’
अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउन निरन्तर काम गरिरहेको भन्दै भीरकोट नगर प्रमुख छायाराम खनालले व...
काठमाडौं : ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले थप सुविधासहित आइभिएफ सेवा विस्तार गरेको छ। अत्याधुनिक ल्याबसहित आइभिएफ सेवा सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ।अस्पतालका अध्यक्ष कुमार थापाले विशेषज्ञसहित आइभिएफ सेवा सञ्चालनमा ल्याएका बताए। सेवाग्राहीलाई सहज र सुलभ सेवा दिन थप सुविधासहित सेवा सुरू गरेको उनको भनाइ छ।अध्यक्ष थापाले भने‚ ‘विभिन्न कारण सन्तान नभएकाहरूलाई सेवा दिन आधुनिक उपकरणले हामी सक्षम छौं।’अस्पतालमा मंसिर १ देखि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म आइभिएफ सेवा
बिरामीले टिकट काटिसकेपछि लामो समयसम्म कुर्न नपरोस् भनेर तीन छुुट्टा–छुट्टै कक्षबाट यो सेवा सुरु गरिएको छ। यसअघि सञ्चालित बहिरग सेवा बिहान ९ बजेबाट नियमित नै सञ्चालन गरिने र यो सेवा सुरु गरेसँगै अस्पतालमा लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य हुने उहाँको भनाइ थियो।
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा सोमबारबाट डायलाइसिस सेवा सुरु भएको छ। हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सोमबार अस्पतालमा आयोजित एक कार्यक्रममा हेटौंडा डायलाइसिस केन्द्रको उद्घाटन गरेका हुन्। मिर्गौला रोगीहरुको लागि निःशुल्क डायलाइसिस सेवा दिने अस्पतालका रजिष्ट्रार राजेश प्रसाईँले बताए। सेवा सुरु भएपछि सरकारी अस्पतालमा डायलाइसिस सेवा नहुँदा विभिन्न स्थानमा धाउँदै आएका मकवानपुरमा रहेका ५३७ जना मिर्गौला रोगीको बाध्यताको अन्त्य भएको
नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भन्ने सरकारको भनाइ लाचारी र लज्जास्पद भएको बताएको छ ।शनिबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जटिल परिस्थितिमा गम्भीरताका लागि अपिल गर्नु राज्यको कर्तव्य भए पनि कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शय्या छैन भन्नु लाचारी र लज्जास्पद भएको बताए ।शुक्रबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति […]