काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ एकता बस्तीकी लक्ष्मी बोगटी उमेरले ६६ पुग्नुभयो । हेर्दाहेर्दै पातलो बस्ती बाग्ला भए । बत्ती अनि सडकका सुविधा थपिए । तर खानेपानीको सुविधा भने कहिल्यै थपिएन । सेताम्मे फुलेका कपाल सुम्सुम्याउँदै लक्ष्मीले भन्नुभयो, ‘भनाइ पो काठमाण्डौ त बसाइ त कर्णालीमै छ नि ! नुहाउनलाई एक मुठी पानी हालुँ भन्यो छैन । पानी नपरेका दिन के गर्ने भनेर आपत् पर्छ ।’
पोहोर मंसिरको कुरा हो, पानी ल्याएर चिया बनाउँछु भन्दै घरदेखि हिँड्नुभएकी उहाँ होस आउँदा अस्पतालमा हुनुह...