भीरकोट नगर अस्पतालमा सोलार जडानपछि सेवाप्रवाह प्रभावकारी

स्याङजा – भीरकोट नगर अस्पतालमा सोलार जडान गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको सहयोगमा अस्पतालनमा सोलार जडान गरिएको हो । अस्पतालमा १० केबीए क्षमताको ३० वटा सोलार प्यानल जडान भएको अस्पतालका व्यवस्थापक छायादत्त रेग्मीले बताउनुभयो ।  सोलार जडानपश्चात अस्पतालको सेवाप्रवाह प्रभावकारी भएको रेग्मीकाे भनाइ छ । उहाँले भन्नुभयो,‘अहिले अस्पतालमा लाइन भएको र नभएको थाहै हुँदैन ।’ अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउन निरन्तर काम गरिरहेको भन्दै भीरकोट नगर प्रमुख छायाराम खनालले व...