गाउँपालिका राष्ट्रिय महासंघले करारका कर्मचारी नहटाउन आग्रह गरेको छ । विभिन्न स्थानीय तहले करारका कर्मचारी हटाइरहेको सन्दर्भमा महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै हचुवाका भरमा कर्मचारी नहटाउन सबै ४६० गाउँपालिकालाई आग्रह गरेको हो । स्थानीय सरकारमा जनप्रतिनिधिहरुको पहिलो कार्यकाल शुरु हुँदै गर्दा अत्यन्तै न्यून संख्याका कर्मचारीबाट स्थानीय सरकार सञ्चालन गर्न बाध्य भएको स्मरण गर्दै महासंघले पहिलो कार्यकालका स्थानीय सरकारले कार्यसम्पादन गरेको कठिन दिनहरुलाई मनन गर्नै पर्ने उल्लेख गरेको छ ।&n