जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनप्रतिनिधिहरूले अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । आफूहरूले कार्यालयमा लगाएको ताला फोडेर कार्यालयका सामग्रीहरू हिनामिना गरिएको आरोप लगाउँदै उनीहरू मंगलबारदेखि अनिश्चितकालीन धर्नामा बसेका हुन् । धर्नामा बसेकाहरू नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू रहेका छन् ।
...