काठमाडौं : बाँकेकी निर्मला कुर्मी न्यायका लागि पुन माइतिघरमा धर्ना सुरु भएको छ। महिला अधिकार मञ्च बाँकेले निर्मला कुर्मी तथा अन्यायमा परेका महिलाको न्यायका लागि तेस्रो चरणको धर्ना घोषण गरेको हो। दिउँसो १ बजे कलंकीबाट आन्दोलनकारीहरु जुलुसहित माइतीघर मण्डलामा भेला भइ बेलुका ४ बजे पत्रकार सम्मेलन गर्दै अनिश्चितकालीन धर्नाको घोषणा गरेको मञ्च कि अध्यक्ष रुबी खानले जानकारी दिइन्। खानका अनुसार बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्ध