नागढुंगा सुरुङमार्गको समय नौ महिना थप्न प्रस्ताव

बहुचर्चित नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माण थप भएको समयमा पनि पूरा नहुने भएको छ । आयोजना बनाइरहेको निर्माण कम्पनीले लक्षित समयमा काम पूरा नहुने भन्दै थप नौ महिना समय मागेको छ । कम्पनीले यसअघि कोरोनाकालमा काम गर्न नपाएको भन्दै तीन महिना थप म्याद पाइसकेको छ । अहिलेसम्म आयोजनाको कुल प्रगति ७३.३० प्रतिशत पुगेको छ । आयोजनाका अनुसार […]

सम्बन्धित सामग्री

रोकिएको महिना दिनमा सुरु भयो नागढुंगा सुरुङमार्गको काम

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा निर्माण ठप्प भएको एक महिनापछि मंगलबारबाट पुनः काम सुरु भएको छ । स्थानीयले आयोजना सुरु गर्दादेखिका खानेपानीलगायतका माग उठाएर काम ठप्प पारेका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थितिमा सोमबार मन्त्रालयमा भएको वार्तापछि सुरुङको काम पुनः सुरु गर्ने सहमति भएको हो ।

अर्को पुसदेखि नागढुंगा सुरुङबाट गाडी चलाउने योजना

निर्माण थालेको ५० महिनामा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रगति ६७.६१ प्रतिशत छ । सुरु सम्झौताअनुसार यसको समयावधि ०८० वैशाखमा सकिएको हो । उक्त समयभित्र काम नसकिएपछि तीन महिना म्याद थप गर्दै ०८० साउन ४ सम्म पुर्‍याइएको थियो । यस अवधिमा पनि काममा प्रगति नदेखिएपछि दोस्रो पटक ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ ।

सुरुङमार्ग ७४.२० प्रतिशत बन्यो

निर्माणाधिन काठमाडौं धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्रमा प्रगति ७४.२० प्रतिशत पुगेको छ । आयोजनाले प्रगती विवरण जारी गर्दै भनेको छ, “काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ८ सय १३ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।” सुरङमार्ग छेड्ने काम समयमा पूरा नहुने भएपछि ९ महिना थप […]

उद्घाटन गर्ने बेलामा नागढुंगा सुरुङमार्गको आधा काम बाँकी

२८ पुस, काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माणको शिलान्यास भएको ३८ महिनामा करिब ४८ प्रतिशत काममात्रै सकिएको छ । ४२ महिनाभित्र सक्ने गरी ४ कात्तिक २०७६ मा सुरुङमार्ग आयोजना निर्माण सुरु भएपनि मुआब्जासहित पूर्वतयारीको काममा भएको ढिलाइले आयोजना निर्धारित समयमा नसकिने निश्चित भएको हो । । लक्ष्यअनुसार काम हुने हो भने अबको ४ महिना अर्थात् आगामी […]

सुरुङमार्गको प्रगति ७० प्रतिशत

निर्माणाधिन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ७०.२० प्रतिशत पुगेको छ । आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ७ सय ११ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।’ गएको महिना आयोजनाको प्रगति ६७ प्रतिशत थियो । निकासी सुरुङमार्गको २५ […]

नागढुंगा सुरुङमार्गको अवधि सात महिना थप्न माग

काठमाडौं–धादिङ जोड्ने निर्माणाधिन नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्र कुल प्रगति ६५.३० प्रतिशत पुगेको छ । सुरुङ छेड्ने काम आगामी १० महिनामा पूरा गर्नुपर्ने भए पनि सो समयमा नहुने भएपछि निर्माण कम्पनीले समय थप गर्न माग गरेको छ ।मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये […]

नागढुंगा सुरुङमार्ग तोकिएको समयमा नबन्ने : निर्माण कम्पनीले माग्यो थप नौ महिना

निर्माणाधीन नागढुंगा सुरुङमार्गको निर्माण कार्य निर्धारित समयमा नसकिने पक्का भएको छ । आयोजनाको पछिल्लो भौतिक प्रगतिअनुसार निर्माण कार्य ४२ प्रतिशत मात्रै सम्पन्न भएको छ । त्यस्तै, वित्तीय प्रगति भने ४७ प्रतिशत पुगेको...

कामदार संक्रमित हुँदा नागढुंगा सुरुङ निर्माण सुस्त

काठमाडौं । देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुंगा सुरुङमार्गको निर्माण सुस्त भएको छ । यहाँ कार्यरत १२७ जनामा संक्रमण देखिएपछि केही दिनयता निर्माण नियमित भन्दा केही सुस्त भएको हो । संक्रमण देखिएका व्यक्तिमा पनि अहिले जटिल स्वास्थ्य समस्या भने छैन । कामदार निर्माणस्थलमै ‘आइसोलेशन’मा बसिरहेको र अरू कर्मचारी आ–आफ्नो घरमा रहेको नागढुंगा सुरुङमार्ग आयोजनाले बताएको छ । शारीरिक रूपमा काम गर्न सक्ने व्यक्ति पनि रिपोर्ट ‘नेगेटिभ’ नआएसम्म काम नगर्ने आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए । निर्माणस्थलमा सामान्य अवस्थामा ५६० जना कार्यरत रहेकोमा अहिले त्यो संख्या ४०० हाराहारीमा छ । निर्माणस्थलमै प्रत्येक पाँचपाँच दिनमा कोभिड परीक्षण गरेर नेगेटिभ आउने काममा लाग्ने र पोजेटिभ आउने अरूबाट अलग बस्ने गरेको आयोजनाले बताएको छ । आयोजनामा केही दिन पहिलेसम्म दैनिक १० मिटर खन्ने गरिएकोमा अहिले जनशक्ति कम भएकाले कामको गति केही सुस्त भएको प्रमुख शाक्यले बताए । सुरुङमार्ग अहिले दैनिक ६–७ मिटर मात्र खनिएको छ । सुरुङ खन्न शुरू भएदेखि नै दैनिक सात मिटर सुरुङ खन्ने योजना बनाएको भए पनि गतवर्षमा कोभिडका कारण लक्ष्यअनुसार काम हुन नसकेको उनले बताए । ‘निर्धारित समयमा काम सकाउन दैनिक १० मिटर गरेर महिनामा ३०० मिटर खन्ने गरिएकोमा अहिले संक्रमण बढेकाले केही समस्या भएको छ,’ उनले भने । आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिले निर्धारित समय तालिकाभन्दा निर्माण झन्डै डेढ महिना ढिला छ । निर्माणको काम गरिरहेको जापानी कम्पनीले तोकिएको अवधिभन्दा धेरै ढिला नहुने बताइरहेको प्रमुख शाक्यले जानकारी दिए । अबको पाँच महिनामा सुरुङ खनिसकिने गरी योजना बनाइएको छ । साउनसम्ममा सुरुङ खन्न सकिएमा त्यसपछि एक वर्ष अन्तिम काम (फिनिसिङ) हुन सक्छ । अबका दिनमा अरू कुनै अवरोध नभएर सरासर काम भएमा अवधिभन्दा धेरै ढिला नहुने उनले बताए । कोरोना र अरू अवरोधले बाधा पु¥याएमा भने अवधि सकिँदा काम बाँकी रहन सक्छ ।   ‘अहिले एक हप्ता जसरी नै ढिला भएमा अझै पछाडि जान सक्छ,’ उनले भने । निर्माणस्थलमा जग्गाको विवाद रहेकोमा अहिले त्यो समाधान भइरहेको छ । धादिङतर्फ पुरानो विवाद बाहेक नभएको र काठमाडौंतर्फ बलम्बुमा जग्गा अधिग्रहणको काम अघि बढिरहेको प्रमख शाक्यले बताए । मुआब्जाको चित्त बुझेन भनेर पनि कहिलेकाहीँ स्थानीयवासीले गुनासो गरे पनि आयोजनाले त्यसको समाधान गरिरहेको छ । यसपछिका दिनमा बलम्बुमा जग्गा प्राप्ति भएपछि बिजुलीको लाइन सार्नुपर्नेछ । जग्गा नलिई बिजुली सार्न नमिलेको र जग्गा प्राप्त गरेर निर्माणस्थल खाली गरिएपछि आयोजनाले अझै गति लिने उनले बताए । आयोजनास्थलमा अहिले नेपाली र विदेशी गरी झन्डै ५६० जना कार्यरत छन् । जापानी निर्माण कम्पनीका तर्फबाट २० र तीनजना परामर्शदाता कम्पनीका तर्फबाट छन् । निर्माण कम्पनीबाट तीन जना फिलिपिनो छन् भने त्यसभन्दा बाहेक नेपाली छन् । २०७६ असोजमा ४२ महिनामा निर्माण सम्पन्न गर्नेगरी हाज्मा आङ्दो कर्पोरेशनसँग ठेक्का सम्झौता गरिएको थियो । सोही वर्ष कात्तिकमा आयोजनाको शिल्यान्यास भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’मा सुरुङ निर्माण गर्नेगरी सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा–नौबिसे सडकखण्डमा दैनिक रूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । यससँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ । आयोजना अन्तर्गत साढे ९ मिटर र ४ मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । आयोजनाअन्तर्गत दुई ‘फ्लाईओभर’, एक सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक रहेका छन् । सुरुङमार्गकै मुख र सतुंगलमा ‘फ्लाईओभर’ बनाउन लागिएको छ । रासस

नागढुंगा-नौबिसे सडकको जाम हटाउन एकैपटक दुई ओटा विकल्प तयार हुँदै

काठमाडौं। अहिले पूर्व-पश्चिम महेन्द्रराजमार्ग हुँदै काठमाडौं प्रवेश गर्नेहरुका लागि एउटा मात्रै विकल्प छ- नागढुंगा नाका । पृथिवी राजमार्गको नागढुंगा-नौबिसे सडक खण्डबाट नै राजधानीका लागि चाहिने अत्यावश्यक कुराहरुको आपूर्ति हुन्छ । यो नाका ३ दिन मात्रै बन्द हुने हो भने राजधानीको आपूर्ति प्रणालीनै अस्तव्यस्त हुन सक्छ ।  केहि गरि नागढढुङ्गा-नौबिसे सडक खण्डको बिचैमा एउटा गाडी पल्टियो भने काठमाडौं भित्रिने र बाहिरिने सवारीले कम्तिमा ४/५ घण्टा सम्म जाममा बस्नुपर्छ । किनभने उक्त सडक खण्डमा पल्टिएको सवारी नहटाएसम्म उपत्यका भित्रिने र बाहिरिने अर्को विकल्प हामिसँग छैन । तर अब भने नागढुंगा-नौबिसे सडक खण्ड एक महिना बन्द भएपनि उपत्यकाको आवत जावत र आपूर्ति प्रणाली रोकिने छैन । किनभने यो सडकमा अब एकै पटक दुई ओटा विकल्प तयार हुँदै छन्, पहिलो सुरुङमार्ग र दोस्रो भिमढुङ्गा-धार्के सडक खण्ड । नागढुंगा-नौबिसे सुरुङमार्गको काम युद्ध स्तरमा अघि बढिरहेको बेला सितापाइला-भिमढुङ्गा-धार्के सडकको काम पनि धमाधम भइरहेको छ । आगामी १/२ वर्षभित्रै यी दुवै आयोजनाको काम सकिने छ । आयोजना सम्पन्न भएसँगै पृथिवी राजमार्ग बनेको १०० वर्षभन्दा लामो समयपछि राजधानी छिर्ने मुख्य नाकाले दुईओटा विकल्प पाउने छ । नागढुंगा सुरङमार्गको काम ४२ प्रतिशत नागढुंगा-नौबिसे सुरुङमार्गमा अहिले सुरुङ खन्ने काम ४२ प्रतिशत सकिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । २०७६ कात्तिक देखि निर्माण शुरु गरिएको यो आयोजना आर्थिक वर्ष २०७९/८० भित्र सक्ने लक्ष्य छ । २.७ किलोमिटर लामो सुरुङमार्गको सुरुङ खन्ने काम ४२ प्रतिशत पूरा भएपनि समग्र प्रगति भने ३० प्रतिशत हाराहारी मात्रै रहेको उनले बताए । जापान सरकारको १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र बाँकी अपुग रकम नेपाल सरकारले हाल्ने गरि आयोजना अघि बढेको हो । यो सुरुङमार्ग आयोजनाको निर्माण भने जापानी कम्पनीलेनै गरिरहेको छ । सडक यातायातकै लागि बनाइएको यो नेपालकै पहिलो आधुनिक सुरुङमार्ग हुने दावी गरिएको छ । यो सुरुङमार्ग बन्दा यसले नागढुंगा-नौबिसे सडक खण्डको चाप आधा कम गर्ने विश्वास गरिएको छ । सितापाइला-भिमढुङ्गा-धार्के सडकको काम ५० प्रतिशत सितापाइला-भिमढुङ्गा-धार्के सडकको काम भने करिब ५० प्रतिशत पूरा हुँदै छ । सितापाइलादेखि रामकोट सम्मको ५ किलोमिटर सडक ६ देखि ११ मिटर सम्म कालोपत्रे नै भइसकेको छ । रामकोटदेखि काठमाडौं-धादिङको सीमाना ठूलोखोला सम्मको बाँकी ५ किलोमिटर सडकमा भने अहिले धमाधम काम भइरहेको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले बताए । सितापाइला देखि काठमाडौं-धादिङको सीमाना ठूलो खोला सम्मको १० किलोमिटर र धादिङमा ३ किलोमिटर गरि १४ किलोमिटर सडक स्तरोन्नतीको काम भइरहेको सडक विभागका प्रवक्ता शिव प्रसाद नेपालले बताए । सितापाइलादेखि धार्के सम्म २२ मिटर चौडा सडक निर्माण गरेर नागढुंगा-नौबिसे सडक खण्डको विकल्प दिने गरि यो आयोजना अघि बढेको हो । तर मुअब्जा विवादका कारण अहिले यो सडक ६ देखि ११ मिटर सम्म फराकिलो बनाएर कालोपत्रे गरिएको प्रवक्ता नेपालले बताए । चालु आर्थिक वर्षको अन्त्यसम्ममा १० किलोमिटर सडकलाई कालोपत्रे गर्ने काम सकिने छ ।  धादिङ तर्फको ३ किलोमिटर सडक नुवाकोट डिभिजन कार्यालयले स्तरोन्नती गरिरहेको नेपालले बताए । काठमाडौं तर्फको सडक भने काठमाडौं डिभिजनले नै हेरिरहेको छ । धादिङतर्फको ११ किलोमिटर बाँकी सडकको स्तरोन्नती गर्नका लागि पनि विभागले मन्त्रालयमा फाइल पठाइसकेको प्रवक्ता नेपालले बताए । सरकारले भने स्रोत सुनिश्चितता नभएकोले फाइल अगाडी बढाउन सकेको छैन । नागढुंगा-नौबिसे सडकको तेस्रो विकल्पका रुपमा हेरिएको सितापाइला-भिमढुङ्गा-धार्के सडकको स्तरोन्नती पूरा भएसँगै राजधानी प्रवेश गर्ने नयाँ नाका पनि तयार हुने छ । २०७८ साउन १५ गते ठेक्का सम्झौता भएको उक्त सडकको काम निर्धारित समयमा सकिएमा आगामी साउन भित्र अधिकांश ठाउँमा ११ मिटर चौडा सडक कालोपत्रे हुने छ । रामकोट-भिमढुङ्गा-ठूलोखोला सडकको दायाँ बायाँ साइट क्लियर गरेर पर्खाल उठाइएको छ । भिमढुङ्गा बसपार्कदेखि अगाडीको सडकमा बाटो फराकिलो बनाउने काम भइसकेको छ ।  सितापाइलादेखि रामकोट सम्मको सडक स्तरोन्नती गर्न गत वर्ष नै सरकारले २७ करोड रुपैयाँ खर्चेको थियो । रामकोट देखि ठूलो खोला सम्मको सडक स्तरोन्नतीका लागि यो वर्ष ३५ करोड ३० लाख रुपैयाँको ठेक्का लगाइएको छ । उक्त सडक कान्छाराम/सिएम/वेदान्शी जेभीले स्तरोन्नती गरिरहेको छ । २२ मिटर भित्र घर टहरा निर्माणमा रोक सरकारले उक्त सडकलाई ढिलो चाँडो २२ मिटर चौडा बनाउने योजना सहित उक्त क्षेत्रमा खाली रहेका जग्गामा २२ मिटर भित्र घर टहरा बनाउन रोक लगाइसकेको मेयर बस्नेतले बताए । ‘स्थानीयको भनाई त ११ मिटर सडक नै ठिक छ भन्ने छ ।’ बस्नेतले भने, ‘तर सरकारले २२ मिटर नै बनाउने भनेर मुअब्जा दिन शुरु गरेमा सबैले मान्नै पर्ने हुन्छ ।’ ११ मिटरमा पनि कन्टेनर आउन सक्ने सडक विभागका प्रवक्त नेपाल ६ देखि ११ मिटर फराकिलो हुँदा पनि सामान बोकेका कन्टेनर आउन समस्या नहुने बताउँछन् ।  सरकारले यसलाई नागढुंगा-नौबिसे सडकको विकल्पका रुपमा हेरेकाले २४ किलोमिटर सडक स्तरोन्नती भएपछि एकतर्फी कन्टेनर चल्न सक्ने नेपालले बताए । बिच-बिचमा साइड दिनको लागि ११ मिटर फरकिलो बाटो रहेकाले केहि ठाउँमा ६ मिटर मात्रै पिच हुँदा पनि फरक नपर्ने उनको भनाई छ ।